पूर्व राजा ज्ञानेन्द्र भोलि काठमाडौं फर्किदै

पारस एकसातापछि फर्किने...

थाइल्याण्डमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित भोलि काठमाडौं फर्किदै छन् । छोरा पारस शाहको स्वास्थ्य उपचारका क्रममा साथ दिन बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी र छोरीहरु भोलि दिउँसो साँढे १२ बजेको थाई एयरवेजबाट काठमाडौं आउन लागेको निर्मल निवास स्रोतले जानकारी दियो ।

गम्भीर प्रकृतिको हृदयघात भई समितिवेज अस्पतालमा उपचार गराइरहेका पारसलाई भेट्न पूर्व राजारानी गत फाल्गुन १६ गते बैंकक पुगेका थिए । पारस भने अझै नौ हप्ता चान्स पुर्नस्थापना केन्द्रमै रहने स्रोतको भनाई छ ।

यसअघि पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार भएपछि उनलाई चिकित्सकको सल्लाहमा पुर्नस्थापना केन्द्रमा भर्ना गरिएको थियो । पारसको स्वास्थ्यमा भने अहिले उल्लेख्य सुधार आएको छ । नौ हप्तापछि पारस पनि स्वदेशमै फर्किने बताइएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com