काठमाडौं, वैशाख ७,
राष्ट्रपति रामवरण यादवले दक्षिण कोरियाका बौद्ध भिक्षुलाई शुक्रबार अखण्ड शान्तिदीप प्रदान गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार उनले दक्षिण कोरियाको दोसुन्सा मन्दिरका बौद्ध गुरु हेजेनलाई सो दीप हस्तान्तरण गरे।
नेपाल दक्षिण कोरिया लुम्बिनी शान्तिदीप यात्रा नागरिक मूल समारोह समितिको व्यवस्थापनमा गत सोमबार दोसुन्सा मन्दिरबाट बौद्ध गुरु हेजेनको नेतृत्वमा ८० जना बौद्ध भिक्षु नेपाल आएका थिए।
सो समितिले अघिल्लो दिन लुम्बिनीबाट अखण्ड शान्ति दीप काठमाडौंमा ल्याइपुर्याएको थियो।
यस वर्ष लुम्बिनीबाट अखण्ड विश्व शान्तिदीप लगेर एक दीपबाट अर्कामा प्रज्वलन गरेर कोरियामा बुद्ध जयन्तीका दिन लाल्टिन महोत्सव महोत्सव हुने कार्यक्रम छ।
सो अवसरमा राष्ट्रपति डा यादवले गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट ल्याइएको अखण्ड शान्ति दीपलाई कोरियामा लग्नाले विश्व परिवेशमा मानवकल्याण तथा शान्ति कायम गर्न सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभएको समितिका संयोजक कपिल लामाले जानकारी दिए।
सो अवसरमा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले पनि बोलेका थिए।
बौद्ध गुरु हेजेनले दक्षिण र उत्तर कोरियाबीचको द्वन्द्वलाई न्यूनीकरण गरी नयाँ समझदारी कायम गराउन शान्तिदीपबाट सहयोग पुग्ने बताए। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै