(कविता) तिम्रो दैलो बाट By, हरि पौडेल



याद छ तिमीलाई त्यो पूर्णिमा को रात
जब हामी गर्थ्यौं अनेकौ अनेकौ बात
म तिमीलाई मेरी सानी भन्दा
तिमि रमाउदथियौ
कहिलेकाही अँगालो हालु की भन्दा
तिमि सर्माउदथियौ
आज सम्म ती कुराहरु बिर्सन नै पाएको छु

म तिम्रो दैलो बाट भएर उदास आएको छु
तिमि खत्री म दमाइ
उकाली ओराली गर्थ्यौं
हातांहात समाई समाई
पहाड भन्दा पनि अग्ला
समाज का ती रिती
अनि तिम्रो र मेरो
अति कमजोर प्रिती
ती सबै कुराहरु अझै मुटुमा लुकाएको छु

म तिम्रो दैलो बाट भएर उदास आएको छु
याद छ तिमीलाई
त्यो कदम को छाया
अनि हाम्रो बाल्यकाल को
अति पवित्र माया
मिलिजुली अझै खेलेको
त्यो लंगडखुट्टी
झेल गर्यो भनि अनि
तिमीले लिएको कट्टी
सिरै मा राखी सम्झनाहरु अझै पनि सजाएको छु
म तिम्रो दैलो बाट भएर उदास आएको छु
बयालीस साल असार पच्चीस गते
किन आउनु पर्या थियो
खोटो भाग्य मेरो भई

तिम्रो बिहे भया थियो
मुटु नै भुट्यो दृश्य लाई देखि
मन बटारिन थाल्यो
त्यो मुर्दा कृष्णे ले तिम्रो
सिउदो रंगाई हाल्यो
हेर सानी छाती मा ढुंगा राखेर पनि मुस्कुराएको छु
म तिम्रो दैलो बाट भएर उदास आएको छु

हरि पौडेल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com