भर्जिनिया अमेरिका बैशाख ०१,
विजय थापा : भनिन्छ '' व्यस्त मानिसले मात्र समय निकाल्न सक्दछ '' यहाहरु यो भनाईसंग सहमत हुनु हुन्छ भन्ने मैले विश्वास लिएको छु । धिकांस व्यस्त मानिस समय अनुसार चल्दछन र योजना मुताविक चलेको पाईएको छ । र बिकशित मुलुकमा समयलाई पैसासंग तुलना गरिन्छ र बारम्बार समय पैसा हो भनि सम्बाद गरेको सुनिन्छ पनि । मेरिकन राष्ट्रपति यति व्यस्त हुन्छन कि दायाबाया चल्न मुस्किल हुन्छ तर समय व्यस्थापन गर्नु पर्यो भने समय निकाली हाल्छन । करिब एक बर्ष सम्मका कार्यसूची निर्धारण हुन्छ भनिन्छ ।
अमेरिकन राष्ट्रपति मात्र हैन ,अधिकांस उप्पलो तहका मानिस ,पदाधिकारी हद व्यस्त पनि हुन्छन । व्यस्त जीवनले सबैलाई गाजेको छ ,दौडादौड ,भागाभाग ,कुदाकुद ,हस्याङ्ग फ़श्याङ्ग छ अमेरिकन जीवन । यसको अर्थ यो हैन कि अरु मुलुकका मानिस व्यस्त हुदैनन । रोम एक दिनमा बनेको थिएन भन्ने उखान पुरानो भै सक्यो र अब रोम एक दिनमा बनेको थियो भने मात्र अहिलेका युवाहरु उत्साहित हुनेछन् । मेरिकामा बसोबास गर्ने खाट्टी अमेरिका र हामी प्रवासी नेपाली कत्तिको व्यस्त छौ । अगाडी यो पंक्तिकारले उल्लेख गरे झैँ व्यस्त हुनेले मात्र समयको तालमेल मिलाउछ ,फुर्सदि छ भने समय व्यवस्थापन गर्न सक्दैन र अलमलिन्छ ।
अमेरिकामा अरु फुर्सदि को हुने ? फुर्सदि नै ब्यस्त हुने ? काम पनि छैन र व्यस्त पनि उनै । फुर्सद ले सच्चाई लुकाउने गर्दछन । जागिर छैन र फुर्सदी छ भने पनि कसैले सवाल गर्यो भने व्यस्त छु भन्यो भने अगाडी कुरा नै बढदैन किनभने ज्यादा सोध्ने चलन हुदैन र सवाल अधिक गरे अस्वाभाविक मानिन्छन । ोहि काम गरेका गरे छन् ,व्यस्तका व्यस्त नै छन् ,फुर्सदिले व्यस्त र काममा छु भनेका भनैछन् किनभने व्यस्त भएन भने काम नगरी बस्ने स्वादे जिब्रो र अल्छी तिघ्रो भनि बात लाग्दछ । प्रवासी नेपाली नेपालीमा व्यस्त जनाउने र झुटको खेति गर्ने गरिन्छ पनि । यति भन्दैमा अरुले चियो चर्चो गर्ने चलन हुदैन पनि किनभने व्यस्त भनि दिए पछि आफन्त र शुभचिन्तक घरमा जाच गर्न आउदैनन ।
आउने चलन कम हुन्छ र स्वागत नगरी आउने चलन कम चलन हुन्छ । अमेरिकामा कामको ज्यादा भारले कर्मचारीमा तनाब वृद्धि भै निरुत्साही देखिएको छ ,एक दसक अगाडी लिइएको एक तथांकमा दूई करोड पचास लाख कर्मचारी मध्ये करिब २० प्रतिसतले हप्तामा ४९ र १ करोड भन्दा ज्यादाले ५९ घण्टा भन्दा बेसी कामको कारण पारिवारिक जीवन तनाब भएको जनाएका छन् । सम्भवत विश्वको बिकशित औधोगिक देशमध्ये अमेरिकामा सबै भन्दा बेसी समय मानिस काममा व्यस्त हुन्छन र जसको कारण ज्यादा कामको भारको कारण अर्को दिशामा गइ रहको भनिएको छ । व्यस्त हुनु राम्रो र मनो बैज्ञानिकहरुले व्यस्तको व्यस्त मात्रलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो मान्दैनन र कामको बिचमा आराम अर्थात् छुट्टि बिताउनु पर्छ भनि सल्लाह दिन्छन ।
मेरिकनहरु करौड़ो करोडको बिमा हुदैन तथापी जीवन धानी रहेका हुन्छन र यहि सिको हामी नेपाली पानी सिक्न खोज्दछौ नै समस्यामा पर्दछौ । एक तिहाई अमेरिकन घरद्वार अठार बर्षका आफ्ना सन्तानसंग संगै बसी आफ्नो घरको व्यवस्थापन गरि रहेका हुन्छन जस्को लागि बाबुआमा पुरा घण्टा या आंशिक काम ७० प्रतिसत गर्दछन भने २९ प्रतिसत बाबुआमाहरु बिहान ९ देखि ५ बजे सम्म काम गर्दछन भने औसद परिवारसंग ३.५ प्रतिसत मात्र फुर्सद समय हुन्छ । सन्तान ज्यादा हुनको कारण पनि अमेरिकन व्यस्त पाइएको छ र ६८ प्रतिसत भन्दा ज्यादा आराम परिवार पुरा समय या आंशिक काम गर्दछन ।
वर्तमान समयमा प्रवासी नेपालीका सन्तान तुलनात्मक रुपमा कम हुन्छन तर पनि अमेरिकन जस्तै व्यस्त देखिन्छन र व्यस्त पनि हुन्छन । फुर्सद छैन भन्यो तर भोज भतेरमा हप्ताको सातै दिन व्यस्त हुनेहरु भोज भतेरमा सहभागी भएको देखिएको छ र त्यहाँ उ कतिको व्यस्त थियो र छ भन्ने सबै कुरा छर्लंग हुन्छ । त्यहाँ पनि झुटको खेति गरिन्छ । अमेरिकामा घण्टा काम गर्नेको भरोसा नहुने र जाडो मौसममा कामको चाप काम हुने हुनाले गर्मि महिना हुने पूर्ण काम पनि अर्ध हुन्छ त्यस्तो बेलामा पनि कसैलाई सवाल गरि हाल्यो भने नेपाली पुरुष या महिला दुवैले व्यस्त भएको जनाउछन ।
जवाफ दिई हाल्छन व्यस्तताको । रमा बसी चलचित्र हेरी समय बिताई रहेका भए पनि व्यस्त छु भनि दियो अध्याय समाप्त तर सत्यता बाहिर निस्कन समय लाग्दैन ,झुट बाहिर आई हाल्छ । किन झूट बोल्ने हामीले ,यो देशमा कसैलाई दिने चलन हुदैन र अरुलाई दिए भने आफु सडकमा आउने हुन्छ । माग्ने चलन पनि अमेरिकनहरुमा कम हुन्छ तर हामी त नेपाल देखि नै माग्ने आदत लागेको हुनाले फुस्कि हाल्छ ।
मेरिकन जीवन व्यस्त जीवन छ ,कुनै शंका नै छैन ,तर फुर्सद हुदा म फुर्सदि छु भन्न किन हामीले हिम्मत नगर्ने । काम नहुदा मानिसले खिसी गर्दैनन् बरु सहयोगका लागि हात अगाडी बढाउने हुन्छन । हामीले झुट बोल्नु र ढाट्नु पर्ने कुनै कारण छैन र हामी राजनीति गर्ने जस्तो ब्यबहार कहिले गर्नु हुदैन किनभने राजनीति गर्नेले झुट माथि झुट बोल्दछन। अमेरिका होस् या अन्य कुनै मुलुक व्यस्त हुनु राम्रो तर व्यस्तको अभिनय गर्नु नराम्रो र यस्तो बिचार कहिले कसैलाई उत्पन्न नहोस.........................अस्तु