साझा यातायात संचालनमा शुरुको दिन यात्रुलाई निःशुल्क यात्रा

काठमाडौं बैशाख ०१,  

बन्द भएको १२ वर्षपछि राजधानीमा साझा यातायात शुरु भएको छ । आइतबार बैशाख १ गतेदेखि नियमित शुरु हुने बससेवाको शनिबार ललितपुरमा भएको विशेष समारोहमा सरकारका मुख्य सचिव लिलामणि पौडेलले औपचारिक उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बिभिन्न सरकारी निकायका प्रतिनिधि, कलाकार, सञ्चारकर्मी, सामाजिक संघसंस्थाका प्रतिनिधि लगा यतको सहभागिता थियो । 

साझाले १६ वटा अत्याधुनिक बस मार्फत सस्तो, सुलभ, भरपर्दो र समयबद्ध ढंगले बस सेवा शुरु गर्न लागेको हो । शनिबार उद्घाटनको दिन यात्रुलाई निःशुल्क रपमा यात्रा गराइएको छ । साझाले राजधानीका दुई रुटमा बससेवा शुरु गरेको छ । पहिलो रुटमा लगनखेल-जावलाखेल-कुपन्डोल-त्रिपुरेश्वर-जमल-लैनचौर-पानीपोखरी-शिक्षण अस्पताल-नारायणगोपालचोक-बसन्धुराचोक-सामाखुशी हुँदै गोंगबु बसपार्क तथा अर्को कलंकी-कालिमाटी-त्रिपुरेश्वर-माइतीघर-नयाँ बानेश्वर-तीनकुने-सिनामंगल-एयरपोर्ट भै त्यही रुट भै र्फकने साझा यातायातले जनाएको छ । ५४ वटा सिट भएको अत्याधुनिक बसभित्र टेलिभिजन स्त्रिmन र सीसीटीभी जडान गरिएको छ । 

सीसीटीभीले सुरक्षा र यात्रुको निगरानी गर्नेछ । यस्तै यात्रुलाई मनोरञ्जन, ट्राफिक चेतना र अरु शिक्षा प्रदान गर्न हरेक बसमा टेलिभिजन राखिएको छ । बसमा यात्रु हुँदासम्म टेलिभिजन चल्ने साझा यातायातले जनाएको छ । बिहान ५ बजेदेखि राति ११ बजेसम्म दुई रुटमा चल्ने साझा बसका थप विशेषता यस्ता छन् ः 

:- हरेक बसमा दुईवटा ढोका पछाडिको ढोकाबाट चढ्ने र अगाडिको ढोकाबाट ओर्लने मात्र । 
:- टिकट लिएर मात्र यात्रा गर्न पाइने । 
:- दुवैतिरका अघिल्ला सिट महिला, अपांग र अशक्त यात्रुको लागि मात्र । 
:- बसको अगाडि र पछाडि आकस्मिक ढोका । 
:- चालकको पछिल्तिर आगो निभाउने यन्त्र । 
:- पिक आवर’ मा हरेक १५ मिनेट र अरुबेला २० देखि २५ मिनेटमा बस छुट्ने । 
:- सकभर क्षमताभन्दा बढी यात्रु नराख्ने । तर ‘पिक आवर’ मा यात्रुको घुईंचो हुँदा ठेलम्ठेल नहुने गरी मात्र सीट क्षमताभन्दा केही बढी यात्रु राख्ने । 
:- उभिने यात्रुको सुविधाको लागि समाउने ठाउँको व्यवस्था । · 
:- सिट बेल्ट । ·
:- ट्रान्सफर टिकट’ को सुविधा । अर्थात कलंकीबाट त्रिपुरेश्वर हुँदै एयरपोर्ट रुटको साझामा चढेको यात्रु त्रिपुरेश्वरमा ओर्लेर अर्को रुटमा चल्ने साझा बसबाट महाराजगंज जान खोजेमा दोस्रो बसमा पुरै भाडा तिर्न नपर्ने । 
:- पहिलो बसमा पुरा भाडा र अर्को बसमा आधा भाडा तिरेर पुग्न सकिने ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com