हिस्ट्री अफ इनार वेर


काठमान्डू चैत्र २६,

गलत खालको ब्राको छनोट महिलाका लागि समस्या बन्छ र पिठ्युँ दुख्छ वा घाँटीमा पीडा हुन सक्छ । आजभन्दा दस वर्ष पहिले महिलाहरूले औसत साइज प्रयोग गर्थे, जुन ३४ बी हुन्थ्यो अर्थात् जागरुकताको कमीका कारण कुनै नापबिना नै ब्रा प्रयोग गरिन्थ्यो, जुन अहिले पनि कायम छ । एक शोधअनुसार ३० प्रतिशत महिलाले मात्र सही नापको ब्रा लगाउँछन् ।

प्राचीन काल :
ईशापूर्व २००० बाट चौथो शताब्दीसम्म विभिन्न प्रकारका कोर्सेट प्रचलनमा थिए । प्रारम्भमा यो अगाडिबाट खुलेको हुन्थ्यो । पछि मिश्रका योद्धा महिलाहरूले त्यस्ता कोर्सेट लगाउन थाले जसमा माथिबाट नै स्तन ढाकिएको हुन्थ्यो । चौथो शताब्दीपछि लिलेनबाट बनेका पि|mल भएका वस्त्र चलनमा आए तर ती माथिदेखि तलसम्मै छोपिएका हुन्थे ।

मध्यकाल:
मध्यकालसम्म पनि इनरवेयर हिचकिचाहटका साथ प्रयोग गरिन्थ्यो । मुख्यतः कोर्सेट नै लगाइन्थ्यो, जुन सम्पूर्ण शरीर ढाक्नका लागि बनाइएको हुन्थ्यो । १६ औं शताब्दीमा आइटन कोर्सेट बने जुन धेरै हदसम्म गह्रौं हुन्थे । पछि सुधार भएर काठ, तार वा लचिलो स्टिलबाट बनेका कोर्सेट्स आए, तर ती पनि आरामदायक थिएनन् ।

परिवर्तनको समय :
१८४० पछि कोर्सेटको फरक शैली विकसित भयो  जब सिल्क र कटनका कोर्सेट बन्न थाले । १८९० तथा १९०० को प्रारम्भमा हेल्थ कोर्सेट्स लोकपि्रय हुन थालेका थिए किनभने ती आरामदायक पनि थिए ।

आधुनिक काल :
ब्राको आधुनिक रूपको प्रारम्भ १९१३ मा त्यो समयमा भयो जब न्यूयोर्कको सोसलाइट मेरी फल्स जेकबले ब्राको पेटेन्ट गराए । यो ब्रा हल्का तथा कोमल भएका कारण लोकपि्रय थियो । १९१८ पछि ब्राको प्रचलन बढ्यो । लेस लगाएको, स्ट्रेप्स भएको ब्रा लगाउन थालियो । यसमा प्लास्टिक र साइड हुक पनि लगाउन थालियो ।

सत्तरीको दशक वन्डर ब्राको आगमन :
सत्तरीको दशकमा ब्राको बदलिँदो रूप टी डपिट महत्त्वपूर्ण थियो । यो समयमा बजारमा वन्डर ब्रा देखा पर्‍यो । यो क्रान्तिकारी अन्डरवेयर ब्राको साइज छत्तीसजस्तै थियो । साठीको दशकमा भी-नेकलाइन भएका ड्रेस चलनमा थिए, जसका लागि यस्ता खालका ब्रा उपयुक्त साबित भए ।

ब्रा स्लिप्स :
सत्तरीको दशकमा ब्रा स्लिप्स फेसन आयो जुन छोटो तथा पारदर्शी कपडाका लागि उपयुक्त थियो । यसमा ब्रा तथा स्लिप्स एकसाथ हुन्थे । हिजोआज यो ब्रा स्लिप सबैतिर उपलब्ध छ ।

मिलेनियम ब्रा :
निरन्तरको शोध तथा बजारको मागका कारण हिजोआज बजारमा अनेकौं प्रकारका ब्रा उपलब्ध छन् । यिनमा मुख्य छ, बायोफार्म ब्रा । बायोफार्म ब्राले महिलालाई आधुनिक एवं युवा लुक प्रदान गर्नुका साथै ब्रेस्टलाई सही सेप पनि प्रदान गर्छ । हिजोआज बस्टियर, होल्डर नेक ब्रा, ट्युब टप आदिको प्रयोग धेरै भएको पाइन्छ भने डिजाइन ब्राको चलन पनि बढ्दो छ ।नारी ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com