काठमान्डू चैत्र २६,
सत्तरीको दशकताकाको फिट्ड कुर्ता अझै पनि फेसन वल्र्डको हट च्वाइस मानिन्छ । फिटेड कुर्ता स्मार्ट लुकका लागि लेगिङ वा थ्री फोर्थका साथमा प्रयोग गर्न सकिन्छ ।
फोर ए चेन्ज पटियाला सलवारलाई सर्ट कुर्तीकाे साटाे वेस्ट लाइन कोटका साथमा लगाउनु उपयुक्त हुन्छ । यसले फरक लुक प्रदान गर्छ ।
अहिले कलर ब्लकिङ अर्थात् विभिन्न कलर कम्बाइन गर्ने ट्रेन्ड छ तर कलर ब्लकिङका नाममा सम्पूर्ण कलर एकसाथ प्रयोग गर्नु भने उचित हुँदैन । एकपटकमा तीनभन्दा बढी कलर कम्बाइन नगर्नु नै राम्रो हुन्छ ।
कम्प्िलट ह्वाइट ड्रेस लगाउने हो भने फ्लोइङ ह्वाइट ड्रेस छनोट गर्नुपर्छ । बडीमा टाँसिने ह्वाइट आउटफिट राम्रो देखिँदैन ।
ह्वाइट कलरका साथ वेज, केमल, ब्राउन र सफ्ट ग्रे कलर्सको कम्बिनेसन एलिगेन्ट देखिन्छ । लेयरिङ सधैं ट्रेन्डमा छ तर लेयरिङमा केही फरक प्रयोग गर्न सिंगल कलरको लेयरिङ गर्नुपर्छ ।
पोल्का डट्सका पहिरन सुन्दर हुने भए पनि यो स्लिम शरीर भएकाहरूका लागि उपयुक्त मानिन्छ ।
हेभी फिगर भएकाहरूले अल ओभर पोल्का डट्स लगाउनु हुँदैन । भारि शरीर भएकाहरूले पोल्काको टपका साथमा पाइन्ट, जिन्स वा लेगिङ मिक्स म्याच गरी लगाउनु
उपयुक्त हुन्छ ।
कलर कम्बिनेसनलाई पनि ध्यानमा राख्नुपर्छ । एलोका साथमा अरेन्ज वा ग्रीनलाई कम्बाइन गरी लगाउन सकिन्छ ।
यसैगरी रेड-अरेन्ज, रेड-अरेन्ज-ब्लु एवं एलो र भ्वायलेटको कम्बिनेसन पनि सुन्दर देखिन्छ ।
पि्रन्टेड पाइन्ट आजभोलि फेसनमा छ । यी एब्स्ट्रेक्ट, फ्लोरल, ज्योमेटि्रकल स्ट्राइब्स आदि विभिन्न पि्रन्ट्समा उपलब्ध छन् । यिनलाई कन्ट्रास्ट पि्रन्टको ब्लाउजका साथमा टिम गरी लगाउनुपर्छ ।
एकभन्दा बढी पि्रन्ट्सलाई कम्बाइन गरी लगाउनुपर्छ । यसले स्टाइलिस लुक प्रदान गर्छ ।
इच्छाअनुसार ट्युनिक्स, स्कर्टस् वा सर्ट ड्रेसका साथमा ब्राइट कलरको ओपेक टाइट्स वा स्कटिङ्स लगाएर स्टाइल आइकन
बन्न सकिन्छ ।
पहिरनसित सुहाउँदो एसेसरिज अब आउट अफ फेसन भएको छ । आजभोलि कलर ब्लकिङ इन छ । नारी;
ब्राउन, ब्ल्याक र नेवी ब्लु कलरलाई एकसाथ लगाउनु हुँदैन । यिनलाई अन्य कलरका साथमा कम्बाइन गरी लगाउनुपर्छ । यी न्युट्रल सेड्स हुन् । यिनको कम्बिनेसन ठीक नहुने हुँदा अल ओभर एउटै सेड लगाउन सकिन्छ ।
कुनै खास अवसरमा ज्वेल टोन कलर्स सुन्दर देखिन्छ तर ज्वेल टोनमा टेक्सचर्ड फेबि्रक नै छनोट गर्नुपर्छ र यसलाई बढी एम्बेलिस गर्नु हुँदैन ।
कलरफुल पहिरन कहिलेकाहीँ ओभर र लाउड देखिन्छ । यसबाट जोगिन कुनै एउटा कलरको फेमिलीबाट कलर छनोट गर्नुपर्छ । यसमा ब्लु र भोइलेटको फरक सेड्स छनोट गर्न सकिन्छ ।
कुनै पार्टीका लागि मेटालिक सिन भएको आउटफिट छनोट गर्नुपर्छ अर्थात् यस्तो आउटफिट जसमा गोल्ड-सिल्भर पि्रन्ट हुन्छ । यसले पर्फ]{ट पार्टी लुक प्रदान गर्छ ।
सलिड कलरका भिनेक टिसर्ट आजभोलि फेसनमा रहेको पाइन्छ । यसको स्लिभका साथ केही एक्सपेरिमेन्ट गरिएको छ । यी वाइड स्लिभ छन् र यिनको कट्स पनि थोरै फरक छ । स्टाइलिस लुकका लागि यस्ता टिसर्ट वार्डरोबमा समावेश गर्नु राम्रो हुन्छ ।
सिफन लगाउने हो भने नटेड ब्लाउज लगाउनुपर्छ ।
नट पछाडि छ भने साडीको सप्कोलाई केही लुज छोड्नुपर्छ, जसले गर्दा नट देखिएर साडी ग्ल्यामरस देखिन्छ ।
फेसन एक्सपर्टहरूका अनुसार वार्डरोबमा कमसेकम एउटा कोर्सेट हुनुपर्छ । कोर्सेटले स्लिमर लुक प्रदान गर्छ । यसलाई साडी, स्कर्ट, लेहेंगा वा जिन्सका साथमा लगाउन सकिन्छ ।
गहुँगोरो कम्प्लेक्सन भएकाहरूले डे लुकका लागि ह्वाइट, स्काइ ब्लु र पिन्कजस्ता कलर प्रयोग गर्नुपर्छ । नाइट लुकका लागि फुसिया, क्रिम एलो तथा डिप रेड आदि कलर पर्फ]{ट हुन्छन् ।
फेयर कम्प्लेक्सन भएकाहरूले हरेक सेडको डिप सेड छनोट गर्नु राम्रो हुन्छ । जस्तै आइस ब्लुको ठाउँमा डिप ब्लु फेयर कम्प्लेक्सनका लागि राम्रो हुन्छ ।
डस्की स्किन टोनमा ब्राइट पिन्क, इलेक्टि्रक ब्लु तथा रोयल पर्पल सुन्दर देखिन्छ ।
बडी हेभी छ भने स्लिभलेसबाट जोगिनुपर्छ । लाइट कलर लगाउनुको साटो डार्क कलर छनोट गर्नुपर्छ । यसबाहेक सानो पि्रन्ट्स तथा भर्टिकल लाइन्सले सिमर लुक प्रदान गर्छ ।
जसको बस्ट लाइन हेभी छ उनीहरूले पनि भिनेक तथा स्कुप नेक लगाउनु हुँदैन । यस्ता महिलाहरूका लागि हाई नेक र फुल स्लिभको कम्बिनेसन उपयुक्त हुन्छ ।