चितवनको पर्यटकिय नगरीमा पर्यटकको रहस्यमय मृत्यू

 चितवन बैशाख १७

शिशिर सिंखडा : चितवनको पर्यटकीय नगरी सौराहामा एक जना पर्यटकको रहस्यमय मृत्यू भएको छ । सौराहा स्थित हो टल चितवन प्याराडाइजमा कोठा नम्बर १०२ मा गएराती सुतेका सिगापुरका नागरीक अन्दाजी ५५ बर्षका वि ह्वाह्याङको बिहान उठदा मरिरहेको भेटिएको हो ।

बैशाख १५ गते चितवन आएको २३ जनाको समुहमा रहेका उनको मुखवाट रगत आएको अबस्थामा मृत भेटिएको प्रहरी चौकी बछ्यौलीका प्रहरी नायब निर ीक्षक बिष्ण्ुा प्रसाद श्रेष्ठले जानकारी दिए । पार्सपोर्ट नम्बर ई २५२९०६२ ए रहेका  वि ह्वाह्याङ मुखबाट रगत आएको अबस्थामा साथीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 बुद्धिष्ट सोसाइटी अन्र्तगत नेपाल घुम्न आएका उनको मृत्यू भएपछि उनीसगै रहेका १ जना बिदेशी नागरीक र एक जना ने पाली गाइडलाई आबश्यक अनुसन्धानका लागी नियन्त्रणमा लिइएको छ । मृतक सिगापुरका नागरीक वि ह्वाह्याङको शब पोस्टमार्टमका लागी भरतपुर अस्पतालको शब गृहमा राखिएको छ । साझ सुत्नुअघि चिया, अन्य केही खानेकुरा र गोर्खा बियर खाएको होटल स्रोतले जनाएको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com