शिशिर सिंखडा : चितवनको रत्ननगर– १३ जयमंगलामा रहेको गामवेसीको चे
पाङ संरक्षण केन्द्रको आश्रयमा आएका थप २१ जना चेपाङ
विद्यार्थीहरुलाई आज विद्यालयमा भर्ना गरिएको छ । पुर्वी
चितवनको पञ्चकन्या उच्च माविमा चितवनका विकट पहाडी गाविस वाट
आएका चेपाङ विद्यार्थीहरुलाई निःशुल्क भर्ना गरी जनही १÷१
वटा कपी दिएको थियो ।
सो संरक्षण केन्द्रमा मकवानपुर,लो
थर,सिद्धि,कोराक र काउलेका २१ जना थप विद्यार्थी ल्याईएको
केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । गत
बर्ष सो बिद्यालयमा संरक्षण केन्द्रले २५ जना बिद्यार्थीहरु
लाई भर्ना गरिएको थियो । कार्यक्रममा बिद्यालयका प्राचार्य
मेघनाथ दुवाडीले संरक्षण केन्द्रमा आएका चेपाङ विद्यार्थीहरु
अरु विद्यार्थीहरु भन्दा अनुसासित रहेको बताउदै छात्राबासमै
बिहान बेलुका पढाउने वातावरण र सो व्यबस्था गर्न सके
विद्यार्थीले राम्रो सफलता हासिल गर्न सक्ने बताए ।
कार्यक्रममा विद्यायलय व्यबस्थापन समितिका अध्यक्ष श्याम
प्रसाद बराल को अध्यक्षता मा भएको कार्यक्रममा बिद्यालयका
शिक्षक जगदिश चन्द्र शर्मा,संरक्षण केन्द्रका अध्यक्ष केपी किर
ण शर्मा लगायत ले बोलेका थिए । हाल केन्द्धमा ७ जना
अपाग सहित ४६ जना चेपा ग वालवालिका आवसिए सुविधा सहित
अध्यन गरीरहेका छन ।