मेरो प्यारो जन्म भुमि : By, कर्म सिङ्ग लामा



हिजो राती सपनामा ,उही रसुवा को .पहाड हरुमा खेली रहेको देखे
ब्यूजिदा .बिपनिमा ..सात समुन्द्र पारीको दुख हरुमा जेली रहेको भेटे ॥

 साच्चै .मलाई सम्झी कति रुदा रहेछन , ति डाडा  पाखा हरु
ब्युजिदा बिपनिमा ..रसाई रहेछन मेरा यी कोमल  आखा हरु ॥

सधै सधै ,भेट्न खोज्ने ,ति मेरा जन्म भूमिका सुन्दर  गाउ हरु
ब्युजिदा बिपनिमा .उजाड र उराठ .लाग्न थाले .मरु भूमिको ठाउँ हरु ॥

कर्म सिङ्ग लामा (निर्दोष )
 रसुवा , हाल दोहा कतार ...

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com