डोजर लगाएर ९ घर भत्काइदिएपछि बुटवल तनावग्रस्त

 बुटवल बैशाख १४,

बुटवलको वडा नं ८ पुरानो बसपार्क तिनाउ रोडमा रहेका ९ वटा घर मध्यरातमा डोजर लगाएर एक समुहले भत्काइदिएपछि बुटवल तनावग्रस्त बनेको छ । पसलसहितका घरहरु भत्काइदिएको विरोधमा पीडित पक्षले बिहानैदेखि नेपालगंजरोडमा सवारी साधन चल्न दिएका छैनन् भने अहिले क्षतिपुर्ति र दोषीलाई कडा कारवाहीको माग गर्दै बुटवल बन्दको घोषणा गरिएको छ । 

पसलसहितका घरहरु भत्काइदा करिब एक करोड रुपैयांको क्षति भएको अनुमानवगरिएको छ । जग्गा आफ्नो भनी दावी गर्दै आएका थानेश्वर थापा र उनलाई उक्साउने भु माफियाहरुले आफ्ना घरहरु भत्काएको श्रीधरप्रसाद श्रेष्ठलेवबताउनुभएको छ । सो समुहले धर्म पुरीको तीन तले,श्रीधरप्रसाद श्रेष्ठको २ तले तथा जानकी क्षत्री,गणेश शाही,मंगलमाया खड्गी,शान्तिमाया विक,तुलसी राना,मनमाया पुन र रामबहादुर गुरुङका एक तले घर भत्काइदिएको हो । 

सो क्षेत्रमा बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ भने प्रहरी पनि ठुलो संख्यामा तैनाथ गरिएको छ । प्रहरीले यातायात खुलाउने प्रयास गरेको छ । मध्यरातमा ठूलो संख्यामा हतियारसहित आएको नकावधारी समुहले तीन वटा डोजर लगाएर प्रहरीकै सामुन्ने घरहरु भत्काइदिएको प्रत्यक्षदर्शी अमर थापाले संचारकर्मीलाई जानकारी दिनुभयो । डोजर लगाउने क्रममा प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको स्थानीय बासिन्दाले बताएका छन् । नेपाली:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com