काठमाण्डौ बैशाख १४,
नेकपा-माओवादीको भातृसंगठन लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाले आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा आजदेखि पाँचथर र ईलाम जिल्ला बन्दको आह्वान गरेका छन् । बन्दको कारण पाँचथर र इलाममा सार्वजनिक यातायातका सवारी साधनहरु बिहान देखि नै चल्न सकेका छैनन् भने बजार पसलहरु पनि बन्द रहेको छ ।
पाँचथर र ईलाम बन्दको कारण ताप्लेजुङमा पनि यसको असर परेको छ । ताप्लेजुङबाट पाँचथर हुँदै ईलाम र झापा जाने सवारीका साधन चल्न सकेका छैनन् भने पूर्वकै प्रसिद्ध तिर्थस्थल पाथिभरा आएका जिल्ला बाहिरका तिर्थयात्रि पनि अलपत्र परेका छन् ।
लिम्बूवान राष्ट्रिय मुक्तिमोर्चाको जिल्ला अधिवेसन सहयोग भन्दै मेची राजमार्ग अन्तर्गत इलामको चमैता पासाङ्गटारमा चन्दा असुली रहेका मोर्चाको ५ जना कार्यकर्ताहरुलाई चन्दा रसिद सहित इलाम प्रहरीले हिजो पक्राउ गरेको थियो । पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई विनासर्त रिहाई नगरे सम्म बन्द जारी रहने नेकपा-माओवादी ईलामका सहइन्चार्ज सिन्धुले बताएका छन् । नबि;