भारत बैशाख १४,
भारतको सर्विच्च अदालतले एक व्यक्तिलाई ११ वर्षीय बालिका बलात्कार गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।
५२ वर्षीय शंकर किसानराओ खाडेलाई सर्वोच्च अदालतले मृत्युडण्दको सजाय सुनाएको हो ।
खाडेलाई सर्वोच्चका न्यायाधिषद्धय केएस राधाकृष्णन र मदन लोकुरको संयुक्त इजलासले मृत्युदण्डको सजाय सुनाएको हो ।
खाडेले बलात्कार गरेकी बालिकाको अवस्था र बलात्कारको प्रकृती हेरेर सबैभन्दा कडा सजाय दिइएको बताइएको छ ।
यो सजायलाई निकै कडा सजाय भएको भन्दै बहस समेत गर्न थालिएको छ । ११ वर्षीय बालिकामाथी गरिएको बलात्कार निकै गम्भिर प्रकृतीको अपराध भएको र बालिकाको मानसिक अवस्थालाई समेत यसले निकै असर गरेको भन्दै यस मुद्धामा खाडेको अपराधलाई ठुलो भएको भन्दै अदालतमा बहस चलेको थियो ।एजेन्सी ;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै