२५ करोड पाउने लोभमा दुई युवाले आफ्नै हात काटे

बैशाख १४,

स्पेनका दुई युवाले इन्सुरेन्स वापतको करिब २५ करोड बराबरको रकम पाउने लोभमा आफ्नै हात काटेका छन् । नाम नखुलाइएका ती युवाले इन्सुरेन्सको २५ करोड पाउनकै लागी आफ्नो हात जानाजान काटेको थाहा पाएपछी इन्सुरेन्स कम्पनीले समेत इन्सुरेन्सको रकम दिन अस्विकार गरेपछी ती युवा रणभुल्लमा परेका छन् ।

रकम पाउनकै लागी हात नै काटेका ती युवाले हात गुमेको अवस्थामा रकम समेत नआउने भएपछी 'घरको न घाटको' हुने भएका हुन् । एक युवाले आफ्नो हात काठ काट्ने मेसिनले काटेर कार दुर्घटना परी उक्त हात गुमेको बताउँदै विभिन्न ११ वटा इन्सुरेन्स कम्पनीमार्फत २५ करोड बराबरको रकम दावी गर्दै पुगेका थिए ।

तर, उनको हातबारे जाँच गर्दा उनको हात कार दुर्घटनामा परी गुमेको नभइ आफैले काटेको प्रमाण भेटिएपछी इन्सुरेन्स कम्पनीहरूले रकमको दावीलाई पुरा गर्न नसक्ने बताएका छन् । जाँचमा ती युवाले आफनो हात काठ काट्ने मेसिनले काटेको प्रष्ट भएको बताइएको छ ।

कार दुर्घटनामा परेर हात काटिँदा मेसिनले काटेको जस्तो गरी सफासँग हात नकाटिने जाँचकर्ताले जनाएका छन् । यस्तै, अर्का युवाले पनि यस्तै नाटक गर्दै रकम हात पार्ने दाऊ गरेका थिए । उनले भने इलेक्ट्रिक मेसिनले दुर्घटना भई आफ्नो हात काटेको बताएका थिए ।

तर उनको हात पनि आफैले काटेको भेटिएपछी इन्सुरेन्स कम्पनीले रकम दिन अस्विकार गरेका छन् । २५ करोडको लोभमा गरिएको यस्तो बहुलठ्ठीपूर्ण कार्यले आफैलाई दु:ख त भयो भयो न घरको न घाटको समेत बनाउन पुग्यो । न त पैसा न हात भएपछी अब काम गरेर खाने बाटो समेत गुमेको छ ।एजेन्सी ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com