अमेरिकी प्रथम महिलाले छोरीहरूलाई ट्याटु नकोर्न सर्त

वासिङ्टन वैशाख १४ ,

अमेरिकाका राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिसेलले छोरीहरूलाई ट्याटु कोर्नबाट रोक्नलाई चेतावनीपूर्ण सर्त राखेका छन् । अल कायदा नेता ओसामा बिन लादेनसँग नतर्सेका ओबामालाई ट्याटुसँग डराएको देखेर अमेरिकी जनता रमाइरहेका छन् ।

उनीहरूले १४ वर्षे छोरी मालिया र ११ वर्षे ससालाई ट्याटु कोरेमा आफूहरूले पनि यस्तै गर्ने धम्की दिएका छन् । राष्ट्रपति ओबामाले एनबीसी टुडेलाई दिएको अन्तरवार्तामा घरभित्रको यो रोचक संघर्षको खुलासा गरेका हुन् । उनले छोरीहरूलाई 'उनीहरूले शरीरको जुन अंगमा ट्याटु बनाउँछन्, आफूहरूले पनि त्यही अंगमा त्यस्तै ट्याटु बनाउने' भनेका छन् ।

उनले यसलाई युट्युबमा 'फ्यामिली ट्याटु' को नामले प्रदर्शन गर्ने छोरीहरूलाई चुनौती दिएका छन् । यसपछि उनको छोरीहरूसमक्ष अभिभावकको फैसलाप्रति पुनर्विचार वा विद्रोह गर्नुको विकल्प छैन । छोरीहरूलाई ट्याटु कोर्नबाट रोक्न ओबामादम्पतीको अनौठो तरिकाबाट अमेरिकीहरू भन्ने निकै रमाएका छन् ।

हालै मिसेलले आफूलाई छोरीहरूको एक्लै हेरचाह गर्ने अभिभावक -सिंगल प्यारेन्ट) भनिदिएको बयानको ओबामाले बचाउ गरेका छन् । मिसेलको जिब्रो चिप्लेर त्यस्तो भएको हुन सक्ने उनले बताए । उनले आफ्नो व्यस्त राजनीतिक करिअरले गर्दा मिसेललाई यस्तो अनुभूति भएको हुन सक्ने स्वीकारेका छन् । एजेन्सीहरू:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com