उत्तर कोरियालाई नयाँ क्षेप्यास्त्र परीक्षण नगर्न बानको आग्रह

द हेग चैत्र २७,

राष्ट्रसंघका महासचिव बान कि मुनले उत्तर कोरियालाई एक नयाँ क्षेप्यास्त्र परीक्षण नगर्न आग्रह गरेका छन् । नेदरल्यान्ड भ्रमणमा रहेका बानले उक्त आग्रह गरेका हुन् । दुई कोरियाबीच भइरहेको तनावबीच यो क्षेप्यास्त्र परीक्षण एक उत्तेजनात्मक परीक्षण हुने बानले बताए ।

उत्तर कोरियाको प्योङयाङमा चौथो क्षेप्यास्त्र परीक्षणका लागि तयारी भइरहेको सोलका एक अधिकारीले जनाएका छन् । बानले सोलबाट थप जानकारी प्राप्त नभएको तर उत्तर कोरियाले यो परीक्षण गर्न नहुने आह्वान समेत गरेका छन् । यो परीक्षणले राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव विरुद्ध हुने पनि उनले बताए । एपी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com