बेलायतकी प्रधानमन्त्री मार्गरेट थ्याचर को ८७ बर्षको उमेरमा निधन

लण्डन, चैत्र २७,

बेलायतकी पहिलो महिला प्रधानमन्त्री मार्गरेट थ्याचर को ८७ बर्षको उमेरमा निधन भएको छ । उनको आज मृत्यु भएको उनको छोरा कारोल लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनी सन् १९७९ देखि १९९० सम्म बेलायती प्रधानमन्त्री थिइन् । 

उनी बेलायतमा सबैभन्दा लामो समय कार्यकाल चलाउने प्रधानमन्त्री पनि हुन् । रसायनशास्त्री थ्याचर बेलायती राजनीतिमा तीन पटक प्रधानमन्त्री बन्ने महिलाको रुपमा पनि अमर रहनछिन् । उनले प्रधानमन्त्री हुँदा देखाएको साहस र आफ्नो पार्टीमा पाएको उनको सफलताका कारण उनलाई मिडियाले आइरन लेडीको संज्ञा दिएका थिए । 

उनले बेलाबेलामा गर्ने कडा टिप्पणी र उनको कडा मिजासका कारण उनले यस्ता स‍‍ज्ञा पाएकी हुन् । सन् १९५९ मा सांसद चुनिएको थ्याचरलाई तत्कालित प्रधानमन्त्री ईडवार्ड हिथले पहिलो पटक शिक्षा र बिज्ञान मन्त्रीमा नियुक्त गरेका थिए । तर, त्यसको ठीक ११ बर्षपछि उनले तीनै प्रधानमन्त्रीलाई हराएर पार्टीको नेतृत्व सुरु गरिन । उनी प्रमुख पार्टीको नेतृत्व लिने पहिलो बेलायती महिला पनि हुन् । 

सन् १९७० को आम चुनावदेखि उनी लगातार तीन पटक प्रधानमन्त्री चुनिएकी थिइन् । आफ्नो नीति अलोकप्रिय भएपद्धि तेस्रो कार्यकाल पूरा नगरी उनले सन् १९९० मा प्रधानमन्त्री र पार्टीबाट राजिनामा दिएकी थिइन् । उनको सरकारले सरकारी स्वामित्वमा रहेको धेरै उद्योगहरु नीतिकरण गरेको थियो । उनी पूँजीबादी पक्षधर नेताको रुपमा चिनिन्छिन् । 

उनले प्रत्यक्ष करको दर घटाएर बिभिन्न अप्रत्यक्ष कर लागू गरेकी थिइन् । उनकै शासनकालमा बेलायतले अर्जेन्टिनासँग फकल्याण्ड युद्ध गरेर विजय हासिल गरेको थियो । फकल्याण्ड युद्ध जित्न महत्वपूर्ण भूमिका निर्वाह गरेकैले बेलायतमा गोर्खालीहरुले ख्याति कमाएका थिए ।एजेन्सी ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com