पूर्ण बहादुर खड्का: अछाम जिल्लामै पहिलो पटक प्राबिधिक तथा व्यावसायिक शिक्षाको पढाई सञ्चालन हुने भएको छ । जिल्लाको ओलिगाउ गाविसमा रहेको मंगला नेपाल राष्टिय उच्च माध्यामिक बिद्यालयमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पढाई सञ्चालन हुने भएको हो ।
नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग सानोठिमी भक्तपुर २०६९ अनुसार मंगला उमाबी ओलिगाँउले २०७० बैशाख १० गते सञ्चालन गर्ने अनुमति पाए पछि प्राविधिक तथा व्यावसायिक शिक्षाको पढाई सञ्चालन गर्न लागिएको बताईएको छ । विद्यालयमा कक्षा ९ बाटै प्राविधिक तथा व्यावसायिक शिक्षा इन्जिनियरिङग विषय अन्र्तगत सिभिल इन्जिनियरिङग कक्षा पढाई सुरु हुने विद्यालयले जनाएको छ ।
अहिले तत्कालै कक्षा सञ्चालन गर्नु पर्ने भएकाले विद्यालयको आन्तरिक कोष तथा २०६७ सालमा आयोजना गरिएको महायज्ञ बाट सङकलीत रकमको आम्दानीको रकम बाट विद्यालयको पुर्वाधर विकास तयार गर्ने विद्यालयका अध्यक्ष रमेश बहादुर रावलले बताउनु भयो । यसअघि ओलिगाउ गाविसमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनमा ल्याउने उद्देश्यका साथ २०६७ साल मसिर २१ देखि २९ गते सम्म बृहत महायज्ञका आयोजना गरिएको थियो ।
महायज्ञबाट करिब ६० लाख रकम सङकलन भएको थियो । मंगला नेपाल राष्टिय उमावि ओलिगाउ प्राविधिक तथा व्यावसायिक शिक्षाको पढाई सञ्चालन गर्न पाउनेमा अछामको पहिलो तथा सुदुरपश्चिमको १४ औँ विद्यालय भएको हो । अछाम लगायत सुदुरपश्चिमका अन्य जिल्लाका विद्यार्थिहरु ओलिगाउमै बसेर प्राविधिक विषयको शिक्षा हासिल गर्न सक्ने भएका छन ।