अक्षय पछि पार्दै जोनले लिए पन्द्र करोड

बैशाख १६,

देसी ब्वाइज अक्षय कुमार र जोन अब्राहिम अहिले बलिउडमा चर्चामा छन् । यि दुइले अभिनय गरेको ‘हाउसफुल २’ र ‘देसी ब्वाइज’ ले राम्रो व्यापार पनि गरेको थियो । तर अहिले नायक जोन अब्राहिमले अक्षय कुमारलाई एक सिनेमाबाट प्रतिस्थापन गरेका छन् ।

अक्षयले अभिनय गरेको चलचित्र ‘वलकम’ को सिक्वेल बन्ने भएको छ । तर यो चलचित्रमा अक्षय कुमारको ठाउँमा जोन अब्राहिम देखिने भएका छन् । 

जोनले एक कार्यक्रममा भने, ‘वेलकमको सिक्वेलमा काम गर्न लागेको कुरा मैले सुनाउँदा अक्षय धेरै खुशी भएका थिए । उनी मेरो ठुलो भाई जस्तै हुन् ।’ जोनले यो सिनेमाका लागि १५ करोड रुपिया पारिश्रमिक लिएको बताइएको छ । एजेन्सी ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com