काठमाडौं बैशाख १६,
दामोदर नेपाल : अमेरिकाबासी नेपालीहरुको सक्रियतामा अमेरिकाको लस एञ्जलसमा निर्माण गरिन
लागिएको पशुपातनाथको मन्दिर निर्माणमा पशुपति क्षेत्र विकास कोषले सहयोग गर्ने भएको
छ।
पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु र श्री पशुपतिनाथ फाउण्डेसनका कोषाध्यक्ष तथा
अमेरिकाको क्यालिफोर्नियाका लागि नेपाली बाणिज्य दूत पुन्नाखर ढकाल (ऋषि) बीच
शुक्रबार भएको बैठकमा उक्त सहमति भएको हो ।
छोटो समयका लागि नेपाल आउनु भएका बाणिज्य दूत ढकाल र कोषका सदस्य सचिव नाहटा,
कोषाध्यक्ष नरोत्तम बैद्य लगायत कोषका अन्य पदाधिकारीहरु भोला प्रसाद सिटौला, रमेश
कुमार उप्रेतीका बीच शुक्रबार सदस्य सचिवको कार्यकक्षमा बैठक सम्पन्न भएको हो । बै
ठकमा ढकालले नेपाल बाहिर सबै भन्दा ठूलो पशुपति नाथको मन्दिर निर्माण गर्ने यो
जना अनुसार फाउण्डेसनले जग्गा पनि किनी सकेको र सो सम्बन्धी कार्य शुरु गरिसकेको
बताउनु हुंदै सो कार्यको लागि पशुपति क्षेत्र विकास कोषबाट हुन सक्ने प्राविधिक सहयोगको
लागि आग्रह गर्नु भयो ।
साथै उहांले फाउण्डेशनले पहिलो चरणमा भगवान् श्री
पशुपतिनाथको शिवलिंग स्थापना गरी कार्य अगाडि बढाउने योजना बनाएको बताउंदै
त्यसका लागि शिवलिंग निर्माण गरी फाउण्डेशनलाई उपलब्ध गराउन कोषसंग आग्रह
गर्नु भयो । कोषका सदस्य सचिव नाहटा लगायत उपस्थित पदाधिकारीहरुले नेपाल बाहिर यस्तो र
ाम्रो कामको शुरुआत गर्नु भएकोमा धन्यवाद दिंदै अमेरिकामा निर्माण हुने
पशुपतिनाथको मन्दिर निर्माणार्थ आवश्यक प्राविधिक सहयोगका साथ शिवलिंग निर्माण गरी
उपलब्ध गराउन कोष तयार रहेको प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
नाहटाले भन्नुभयो(
तपाईंहरुले अमेरिकाबाट शुरु गर्नु भएको यस प्रकारको राम्रो कार्यको लागि
यथासम्भव सहयोग गर्न कोष सदैव तत्पर छ ।
उक्त बैठकमा कोषका पदाधिकारीहरुले पशुपतिनाथको महत्व विशाल रहेको र पशुपतिनाथको
मन्दिर निर्माणमा गहिरो अध्ययन र अनुसन्धान गरी पशुपतिनाथको बास्तविक महत्व
झल्किने गरी निर्माण गर्नु पर्ने सुझाव दिनु भयो । उक्त कार्यका लागि कोष र
फाउण्डेशनका बीच निरन्तर सम्पर्क र सहकार्यको आवश्यकता पर्ने भएकोले त्यस कार्यका
लागि नेपालमा रहनु हुने दामोदर नेपालले कोष र फाउण्डेशनका बीचमा संयोजनकारी
भूमिका निर्वाह गर्ने पनि बाणिज्य दूत ढकालले बैठकमा बताउनु भयो ।