अमेरिका बैशाख ६,
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसमक्ष अभिभावक सङ्घ नेपालको प्रतिनिधिमण्डलले आज ज्ञापनपत्र दिई काठमाडौं उपत्यकालगायत ठाउँका निजी प्रकाशनले सरकारले तोकेको मापदण्ड विपरीत पाठ्यपुस्तकको बिक्रीवितरण भएकामा ध्यानाकर्षण गराएको छ।
उपत्यकाका केही थोक पुस्तक बिक्रेताकामा अनुगमनका क्रममा असी प्रतिशतभन्दा बढी निजी प्रकाशन गृहले मापदण्डविपरीत मूल्य राखेको पाइएको भन्दै त्यस्तो कार्यमा संलग्नलाई कारबाही गर्न सङ्घले माग गरेको छ। भेटमा सहभागी सङ्घका उपाध्यक्ष सरिता अर्यालका अनुसार अध्यक्ष रेग्मीले गलत कार्य गरेको पाइएमा त्यस्ता प्रकाशन गृहलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिने विश्वास दिलाए।
पाठ्यक्रम विकास केन्द्र र अभिभावक सङ्घको संयुक्त अनुगमनका क्रममा एसिया पब्लिकेसन, मेघा, एकता, जय, क्याम्ब्रिज, स्टेन्डर्ड, युनाइटेड, बुद्ध, आठराई, जेबिडी र विद्यार्थी पब्लिकेसनलगायतले सरकारले तोकेको मापदण्डलाई उलङ्घन गरेको पाइएको बताइएको छ। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै