अमेरिकाको म्यासाच्युसेट्स कलेजमा गोलि हानाहान

अमेरिका बैशाख ६,

अमेरिकाको म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) क्याम्पस नजिकै गोली चलेको छ। क्याम्पसको आधिकारिक वेबसाइटले गोली चलाउने व्यक्ति अझै त्यही ठाउँमा रहेको र गोलीबाट हताहती पनि भएको जनाएको छ।

सुरक्षाकर्मीले घटनास्थलमा घेरा हालेका छन्। क्याम्पस वेबसाइटमा सबै विद्यार्थीलाई भित्रै रहन भनिएको छ। बन्दूकधारीले चलाएको गोली त्यहाँका एक प्रहरी अधिकारीलाई लागेको र उनलाई उपचारका लागि अस्पताल लगिएको एमआइटीले जनाएको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com