इनारमा खसेर १३ वर्षीया एक बालिकाको मृत्यु

कीर्तिपुर, चैत ३० ,

काठमाडौँ पश्चिमभेगको मातातीर्थमा इनारमा खसेर १३ वर्षीया एक बालिकाको मृत्यु भएको छ। इनारमा पानी झिक्ने क्रममा मातातीर्थ गाविस-४ कञ्चनबस्ती बस्ने सुस्मिता कँडेलको घटनास्थलमा नै मृत्यु भएको हो।

इनारमा खसेकी कँडेलको मृत शरीर महानगरीय प्रहरी प्रभाग बलम्बु तथा स्थानीयवासीको सक्रियतामा झिकिएको घटनाका प्रत्यक्षदर्शी रोशन दानीले जानकारी दिए । उनका अनुसार बिहान ६ बजेतिर इनारमा खसेकी कँडेलको शव लगातार तीन घन्टाको प्रयासपछि मात्र झिक्न सकिएको थियो। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com