अब चुनावमा लड्न नपाउने मुरशरफ

बैशाख १८,

घरमै बन्दी बनाइएका पाकिस्तानका पुर्व शासक परवेज मुशरर्फलाई अदालतले अर्को झड्का दिएको छ। पेशावर हाइकोर्ट दिएको निर्णय अनुसार उनले आजिवन चुनाव लड्न पाउने छैनन्।

न्यायाधिस दोस्त मोहम्मद खानले नेतृत्व गरेको इजलासले उनलाई संविधानको अपहेलना गरेको र सन २००७ मा न्यायाधिशलाई बन्दी बनाएको आरोप यो प्रतिबन्ध लगाइएको अदालतले फैसलमा जनाइएको छ। यो निर्णयसंगै उनले राष्ट्रिय र राज्य स्तरका दुवै चुनावमा भाग लिन पाउने छैनन्।

पाकिस्तानको निर्वाचन अधिकारीहरुले पनि आउँदै गरेको चुनावमा लड्नाबाट मुरशरफलाई वञ्चित गरेका थिए। हाल आफ्नै घरमा बन्दी बनेका ६९ वर्षिय मुशरफका वकिलले भने हाइ कोर्टको यो फैसला विरुद्ध सर्वोच्चमा अपिल गर्ने बताएका छन। एजेन्सी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com