स्वेच्छाचारी बढुवा सिफारिस रोक्न सर्वोच्चको अन्तरिम आदेश


काठमान्डू चैत्र २०,


सैनिक सेवा नियमावली विपरीत १६ जना प्रमुख सेनानीलाई महासेनानी पदमा गरिएको बढुवाको सिफारिस लगायतका कार्य हाल कार्यान्वयन नगरी यथास्थितिमा राख्न आज सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

उक्त अदालतका न्यायाधीश गिरिशचन्द्रलालको एकल इजलासले जारी गरेको  आदेशमा गत फागुन १४ गतेको बढुवा समितिको निर्णय जुन अवस्थामा छ त्यसलाई यथास्थितिमा राखी दुवै पक्षलाई आगामी बिहीबार छलफलका लागि उपस्थित हुन भनिएको छ ।

हालै संशोधित सैनिक सेवा नियमावली विपरीत महासेनानी पदमा १६ अधिकृतलाई बढुवा गरिएपछि आठ प्रमुख सेनानीले यही चैत ४ गते सो बढुवा सिफारिस स्वेच्छाचारी भएको, वरिष्ठताक्रम मिचेको र संशोधित नियमावली पनि संविधान अनुकूल नभएको भन्दै निवेदन दर्ता दर्ता गराएका थिए ।

प्रमुख सेनानीहरू सम्पतकुमार अर्याल, रमेश थापा, चन्द्रबहादुर पुनमगर, राजेन्द्रजङ्ग खत्री, रामजी थापा, सुरेन्द्र घर्ती, प्रकाश पोखरेल र जीवन बस्न्यातले संयुक्तरूपमा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com