नेपाली जनप्रगतिशील मंच (यु.ए.ई) क्षेत्रीय समिति आवुधाबी नयाँ बर्ष धमाका...

दुबई, २० अप्रिल,

बिनोद श्रेष्ठ "क्रान्ति" : नेपाली जनप्रगतिशील मंच (यु.ए.ई) क्षेत्रीय समिति आवुधाबीले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान साथै बनभोज कार्यक्रम भब्य रूपमा सम्पन्न गह्यो । शुक्रबार आवुधाबीको हेरिटेज पार्कमा मंच (यु.ए.ई), क्षेत्रीय समिति आवुधाबीका कार्यवाहक अध्यक्ष नेत्र अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

नेपाली जनप्रगतिशील मंच (यु.ए.ई) केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष द्दय सुर्यकान्त सेढाइ तथा रामशरण अधिकारी ,सचिब गोविन्द बुढाथोकी साथै मंच बुद्दिजिबि बिभाग प्रमुख पिताम्बर पोखरेलको बिशेष उपस्थितिमा र रवि रमण अधिकारीको स्वागत मन्तब्य तथा कृष्ण भाटको संचालनमा भएको उक्त कार्यक्रममा नेपाली जनप्रगतिशील मंच (यु.ए.ई) क्षेत्रीय समिति आवुधाबीका बाक्लो साथीहरूको उपस्थिति देखिन्थ्यो। परिचयात्मक हुदै, नयाँ बर्ष २०७० को शुभ कामना आदान प्रदानबाट शुभारम्भ भएको उक्त कार्यक्रम मा बिभिन्न बक्ताहरूले शुभ कामना मन्तब्य राख्दै पार्टी प्रति एकबद्द हुन समेत आग्रह गर्नु भएको थियो। 

फुटेर हैन, जुटेर मात्र क्रान्ति सफल हुने दावी गर्दै केन्द्रिय उपाध्यक्ष सुर्यकान्त सेढाइले आम हामी बामपन्थीहरू फुट्नाले राजनितिक संकट आएको बताउनु भयो। नयाँ बर्ष २०७०ले हामी जस्ता शोषित, पिडित र सर्बहारा बर्गको मुक्तिको निम्ति एक नयाँ आयम थप्न सकोस् भन्दै बुद्दिजिबि बिभाग प्रमुख पिताम्बर पोखरेलले आउँदा दिनहरूमा प्रवासमा श्रमिकहरूले भोग्नु परेका समस्याहरूलाइ न्युनिकरण गर्दै भाबी योजना र कार्य तर्जुमा गरी सिधै समस्याको हल गर्ने प्रतिबद्दता गर्नु भयो। 

रोहिला मादलको धुनमा सजिएको उक्त कार्यक्रममा ठ्याक्कै नेपाली झल्कने भेषभुसा,खाना, नृत्य , दोहोरीको झड्का साथै प्रवासी श्रमिक साथीहरूको यथार्थ भावना, गजलहरू प्रस्तुत हुँदा कतै नेपाल कै आभास झल्कन्थ्यो।"साथमा नेपाली दिदी बहिनिबाट बनेको नेपाली परिकार सेल रोटी अनि स्वादिलो अँचारको छुट्टै आनन्दमा नाँच्नेहरूको भीड निकै देखिन्थ्यो। " कार्यक्रमको अन्तिम चरणमा शुभकामना तथा बनभोज कार्यक्रममको समापन गर्दै अध्यक्ष नेत्र अर्यालले बनभोज कार्यक्रमलाई भब्य रूपमा सफल बनाउन हरदम लागि रहने सम्पुर्ण प्रति आभार व्यक्त गर्दै भाबी दिनहरूमा पनि यस्तै सहयोगको आशा गरेको बताउनु भयो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com