नवीकरण गर्न महासंघको आग्रह

दोहा  बैशाख १६,

भोला थापा क्षेत्री : दोहा/ नेपाल पत्रकार महासंघ कतार शाखाले सदस्यता नवीकरणका लागि आफ्ना सदस्यहरूलाई आह्वान गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै वैदेशिक शाखासम्बन्धी नियमावली २०६७ को दफा ५ (ग) बमोजिम सदस्यता नवीकरणका लागि आग्रह गरेको छ । महासंघले परिचयपत्रसहित नयाँ सदस्यता लिन चाहने पत्रकारका लागि मे ३ तारिखसम्मका लागि समयसीमा तोकेको छ । 

 महासंघले सदस्यता नवीकरणका लागि गणेश बन्जाडे, दीपक पुडासैनी, प्रेम लामा, गणेश बानियाँ, मो. अजिज अली, भोला थापा क्षेत्री, चिरञ्जीवी तिम्सिना र विष्णुप्रसाद भुसाललाई अख्तियारी दिएको समेत विज्ञप्तिमार्फत जनाएको छ । यस्तै महासंघ कतार शाखाले तोकिएको समयभित्र नवीकरण नगरे जरिवानासहितको शुल्क लाग्ने जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com