दुबई, युएई बैशाख १६,
लालबहादुर ढेंगा,
दुबई । वैदेशिक रोजगारीको सिलसिलामा युएईस्थित नेपाली
कामदारहरु भित्रिने संख्या दिनाहुं बृद्धि हुंदै गएको छ भने
त्यहि अनुपातमा मृत्युदरमा पनि बृद्धि हुंदै गएको पाइन्छ ।
लगभग २ लाख ४० हजारको हाराहारिमा नेपाली कामदारहरु कार्यरत र
हेको युएईमा विगतमा भन्दा यस बर्ष २०१३ मा मृत्यु हुनेको
संख्या बढ्न थालेको हो ।
खाडी मुलुकहरुमध्य नेपाली रोजगारदाताहरुको लागि युएई
एउटा सुरक्षित तथा राम्रो गन्तव्यको थलो मानिन्छ । युएई र ने
पाल सरकारको श्रम सम्झौता अनुसार नेपाली कामदारहरुको प्राश्रमिक
एक महिनाको तनखा ९ सय दिरामभन्दा माथि हुनु पर्ने नियम प्रावधान
भएकोले पनि रोजगारदाताको संख्यामा बृद्धि हुन गएको हो ।
विगतको तथ्याङ्क हेर्दा २०१३ नयां साल सुरु भए लगत्तै नेपाली
कामदारहरुको मृत्युको संख्यामा उल्लेखनिय बृद्धि हुन पुगे
को छ ।
नेपाली राजदूतावास अबुधावीको तथ्याङ्क अनुसार जनवर
ी २०१३ देखि २३ अप्रिलसम्ममा १९ जना नेपाली कामदारहरुको
मृत्यु भएको छ । जसमा हत्यामा १ जना, सडक दुर्घटनामा ७ जना,
आत्महत्यामा २ जना र सामान्यमा ९ जना रहेका छन् ।
नेपाली राजदूतावास अबुधावीबाट प्राप्त भएको तथ्याङ्क अनुसार १
० बर्षको अन्तरालमा रोजगारीका लागि युएईमा छिरेका ५३२ ने
पालीहरुले आफ्नो ज्यान गुमाएका छन् ।
विभिन्न कारणवंश
मृत्यु हुनेहरुमा सन् २००४ मा २९ जना, २००५ मा ३४ जना, २०
०६ मा ४८ जना, २००७ मा ४९ जना, २००८ मा ७० जना, २००९ मा
७१ जना, २०१० मा ८८ जना, २०११ मा ६७ जना र २०१२ मा ५७
जनाको मृत्यु भएका छन् ।
आफ्नो देश नेपालमा कुनै रोजगारीको राम्रो व्यावस्था नभएको
कारण दिन प्रतिदिन युवावर्गहरु विदेश पलायन हुन वाध्य भएका छन् ।
वैदेशिक रोजगारमा रहेका नेपालीहरुद्धारा पठाएको रेमिटान्सले नै
देशको अर्थतन्त्र धानिएता पनि विदेश जानका लागि काठमाण्डौंमा
ठूलो भलाकुसारी गर्न बाध्य हुन पर्दछ । देशमा राजनीतिको खेती
मौलाएको अवस्थामा जनताले पाउनु पर्ने सुविधा र नयां मुहार कैले
फेर्ने हो, यो त समय र परिस्थितिलाई नै कुुर्नु पर्दछ ।