मेरासारा ईच्छाहरू लुटेर गयौ
असीना पानीले झैं चुटेर गयौ
दुईदिनको रमझम ठान्यौ माया
टुक्क्रटुक्क्र ऐना जस्तै फुटेर गयौ
दिगो भएन किन मीलन हाम्रो
दुईकिनारा नदि झैं छुटेर गयौ
खुशीसारा तिम्रौ रहेछ प्रीयसबै
दुखको रापमा मलाई भुटेर गयौ
कहिले निको नहुने घाउबनाई
बदनामीको पुरस्कारले कुटेर गयौ
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया