अभिनय गर्ने रहर जीवनभरि नै भैरहनेछ नायिका सोभिता

काठमान्डू चित्र २४,

नायिका सोभिता सिम्खडा अचेल चलचित्रमा व्यस्त छैनन् तर उनका तस्बिरहरू पत्रपत्रिकामा नियमित प्रकाशित भैरहेका छन्। फेसबुकका भित्ताहरूमा समेत उनका तस्बिर नियमित अपलोड भैरहेका हुन्छन्। चलचित्रमा काम नगरेर के भो त ? श्रीमान्सँगै कतारमा बस्दै आएकी सोभिता यतिबेला कतारमै छायांकन भैरहेका म्युजिक भिडियोहरूमा व्यस्त छिन्।

कतारका समुद्र किनारमा सोभिताले म्युजिक भिडियोकै लागि भए पनि हट पोज दिइरहेकी छिन्। हालै मात्र रोहन कार्कीको शब्द-संगीत तथा प्रमोद खरेलको स्वरको 'समाएर तिमीले...' गीतको म्युजिक भिडियोमा अभिनय गरेकी सोभिता कतारका सांस्कृतिक कार्यक्रममा नृत्यांगनाका रूपमा समेत सहभागिता जनाइरहेकी छिन्।

चलचित्र क्षेत्रमा पुनरागमनको सम्भावनाका बारेमा राखिएको एउटा जिज्ञासामा सोभिताले अभिनय गर्ने रहर जीवनभरि नै भैरहने बताइन्। रहर भएर पनि उनी अहिले कतारमा श्रीमान्लाई एक्लै छाडेर स्वदेश र्फकने पक्षमा छैनन्। शोभिता भन्छिन्- 'अहिलेको अवस्थामा मलाई चलचित्रभन्दा श्रीमान् नै प्यारो !'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com