नयाँदिल्ली (सिन्ह्वा), चैत्र २४,
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भारतमा आगामी कार्यकालका लागि राहुल गान्धी प्रधानमन्त्री बन्न पनि सक्ने खुलासा गरेका छन् । 'उहाँ प्रधानमन्त्री बन्न पनि सक्नुहुन्छ, कुनै पनि बेला उक्त पदमा चयन हुन सक्नुहुन्छ,' उनले संवाददाताहरूलाई भने ।
भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धी आगामी कार्यकालका लागि प्रधानमन्त्री बन्ने अड्कलबाजी चलिरहेको बेला सिंहको धारणा सार्वजनिक भएको हो । आगामी वर्षको सुरुमै त्यहाँ संसदीय निर्वाचन हुँदै छ । पत्रकारहरूले सोधेको प्रश्नमा उनले भने, 'उहाँलाई भारतको भावी प्रधानमन्त्रीका रूपमा पार्टीले स्वागत गर्नेछ ।'
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै