काठमाडौं, वैशाख ३,
कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरुको सुविधाका लागि आफ्नो केन्द्रीय कार्यालय ठमेलबाट आजदेखि सन्ध्याकालीन सेवा सुरु गरेको छ। सो सेवा बेलुका ५ देखि ७ बजेसम्म रहने व्यवस्था मिलाइएको कोषका वरिष्ठ प्रबन्धक रामशेखर अधिकारीले जानकारी दिनुभयो।
यसैगरी कोषले शनिबारलगायत सार्वजनिक बिदाका दिन पनि बिहान ९ बजेदेखि १२ बजेसम्म सेवा प्रदान गर्ने जनाएको छ।
सन्ध्याकालीन काउन्टरबाट हालका निम्ति विशेष सापटी र सामाजिक सुरक्षालगायतका अत्यावश्यक सेवाहरु प्रदान गरिने र सन्ध्याकालीन र बिदाका दिनका सेवाका कार्यक्रम अन्य शाखा कार्यालयमा पनि विस्तार गर्ने योजना भएको प्रबन्धक अधिकारीले जानकारी दिए। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै