काठमाडौं, वैशाख ३,
इरानको जहेदानमा आज अपरान्ह ७.८ रेक्टरस्केलको भूकम्प गएको छ। मेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प इरान र पाकिस्तानको सीमा नजिकै छ। भूकम्पमा परी कम्तिमा पनि ४० जनाको मृत्यु भएको एजेन्सीले जनाएका छन्
भूकम्पको झट्का उत्तरी भारत, पाकिस्तान, अफगानिस्तान लगायत पश्चिम एशियासम्म महशुस गरिएको थियो।
भूकम्प नेपाली समय अनुसार ४ बजेर ३३ मिनेटमा गएको थियो । भूकम्पको कम्पन २० सेकेन्डसम्म महशुस गरिएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । सर्भेका अनुसार इरानमा भने भूकम्प ८ रेक्टर स्केल मापन गरिएको थियो ।
यसैगरी सिएनएनका अनुसार अहिलेसम्म क्षतिको विस्तृत विवरण भने आइसकेको छैन। एजेन्सी;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै