ए एन ए सम्मेलनमा प्रतक्ष्य म्युजिक ब्याण्ड तथा प्रतिभा प्रदर्शन प्रतिस्पर्धा हुने

 भर्जिनिया बैशाख १५,

विजय थापा : अमेरिका ,अप्रिल २७ , यहि आउदो जुलाई ४-६ सम्म न्यु योर्कमा हुने ३१ औ ए एन ए सम्मेलनमा ईतिहास मै पहिलो पटक दर्शक र संगीत प्रति श्रद्धा र सम्मान राख्नेलाई भरपुर मनोरंजन दिलाउने र म्युजिक ब्याण्ड(संगीत मण्डली)लाई प्रोत्साहन गर्ने उदेश्य अनुरुप प्रतक्ष्य म्युजिक ब्याण्डको प्रतिस्प्रद्धाको आयोजना गरिने भएको छ 

यसै गरि बिगतमा ए एन ए सम्मेलनमा सफलता पुर्वक आयोजना गरिएको प्रतिभा प्रतिस्प्रद्धा(Talent show competition)लाई अझ व्यापक बनाउने उदेश्य अनुरुप नेपाली मुलका उत्तर अमेरिका तथा बिश्वभर रहेका सबैलाई उक्त प्रतिस्प्रद्धामा सहभागी गराईने भएको छ  र प्रतिभा प्रतिस्प्रद्धामा निवेदन परेका मध्येबाट कूल २० वटा प्रतिभाहरुलाई ए एन ए सम्मेलनको प्रतिभा प्रतियोगितामा प्रदर्शन गर्न अवसर दिईने छ  म्युजिक ब्याण्डको (संगीत मण्डली)प्रतिस्प्रद्धामा निवेदन परेका मध्ये बाट ५ वटा अन्तिम प्रतिस्प्रद्धिहरु छनौट हुने छन र हजारौ दर्शकको उपस्थितिमा प्रतक्ष्य प्रसारण गर्ने छन्  

नेपाली संगीतको क्षेत्रमा संलग्न ,अनुभवी तथा यहि क्षेत्रमा लागेका व्यक्तित्वहरुलाई निर्णायकको भूमिका मा छनौट गरिने छ  दुवै प्रतिस्प्रद्धाको नेपाली मूलका हुनु पर्ने अपरिहार्यता छ  प्रतिभा प्रतिस्प्रद्धा तथा म्युजिक ब्याण्डको (Music Band )प्रतिस्प्रद्धामा भाग लिन चाहनेहरुले अनलाईन (बिधुतिय माध्यम )मा आबेदन पत्र खुला गरि सकिएकोले चाडो भन्दा चाडो निवेदन बुझाउन अनुरोध पनि गरिन्छ lप्रतिस्प्रद्धामा बिजयी हुनेहरुलाई नगद पुरस्कारको व्यवस्था गरिने छ  

यसको लागि ३१ औ ए एन ए सम्मेलनको वेब (बिधुतिय संजाल ) मा बिस्तृत जानकारी गराईएको छ l info@anany2013.org ,ANA Convention NY 2013.(July 4th - 6th 2013 )Hotel Hilton Westchester ,New York.बिस्तृत जानकारी चाहिएमा ए एन ए सम्मेलन प्रमुख संयोजक समिर महर्जन( queensdiamond@gmail.com, 347-409-1293 तथा संचार संयोजक सूर्य थापा (suryathapa9@gmail.com ,347-925-3413 संग सम्पर्क गर्न सक्नु हुनेछ 


ANA is looking to showcase your talent. Nepali origins from North America and around the world are invited to submit your application and we will select up to 20 acts to be featured on the Talent Show Night.
 
Also for the first time in ANA convention we are hosting live Band Competition. Bands with members of Nepali Origin are encouraged to participate by applying online. Up to five bands will be selected to perform in front of adoring crowd of more than a thousand in the audience. And as this is a competition, Bands will be judged by renowned personalities from the Nepali music field with cash prizes to be awarded.
 
ANA Convention NY 2013.
Hilton Westchester 
July 4th - 6th 2013

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com