गीत : By, ' नरेन्द्र घर्ती



रात दिन हराउँछु उन्कै न्यानो सम्झनामा
हरपल डुब्ने गर्छु उन्कै याद कल्पनामा
हे ईश्वर पुर्याई देऊँ यो सन्देश  उसलाई
यो मनको मन्दिरमा पुज्ने गर्छु जसलाई

पिरतीका गीत गाउँदा न्याउलीका भाकाहरू
उसैलाई खोजीरन्छ निर्दोश मेरा आँखाहरू
सांस मेरो प्राण मेरो पल पल्को धड्कन मेरो
खुशी मेरो सप्ना मेरो उनी नै हो जीवन मेरो

जिएको  छु मुटु भरी उन्कै माया अंगालेर
राखेको छु उन्कै लागि चोखो प्रित संगालेर
यात्रा मेरो लक्ष्य मेरो बाच्ने यौटै आधार मेरो
आस्था मेरो माया मेरो उनी नै हो संसार मेरो

रात दिन हराउँछु उन्कै न्यानो सम्झनामा
हर पल डुब्ने गर्छु उन्कै याद कल्पनामा
हे ईश्वर पुर्याई देऊँ यो सन्देश  उसलाई
यो मनको मन्दिरमा पुज्ने गर्छु जसलाई

' नरेन्द्र घर्ती '
तारा / बाग्लुङग

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com