सोलुखुम्बु, १३ वैशाख
चालु आर्थिक वर्षको चैत महिनासम्मको नौ महिनाको अवधिमा ३० हजार ४४३ जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।
सगरमाथा राष्ट्रिय निकुन्जको जोरसल्ले प्रवेशद्वारको तथ्याङ्कअनुसार गएको साउन महिनामा ३६९, भदौ एक हजार ४४, असोज छ हजार ६४७, कात्तिक नौ हजार १०५, मङ्सिर दुई हजार ७७२, पुसमा एक हजार ५०१, माघमा ७४८, फागुनमा दुई हजार ५५ र चैत महिनामा ६ हजार २०२ गरी कुल ३० हजार ४४३ पर्यटकले सगरमाथा क्षेत्र प्रवेश गरेका हुन् ।
कार्यालयका अनुसार त्यस अवधिमा पर्यटक प्रवेश शुल्कबापत सात करोड २२ लाख, २१ हजार ८६३ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
अहिले सगरमाथा क्षेत्र प्रवेश गर्दा सार्क क्षेत्रबाट आउने पर्यटकले प्रतिव्यक्ति रु एक हजार ५००, अन्य देशकाले रु तीन हजार र पर्यटक भरियाले प्रतिव्यक्ति रु २५ प्रवेश शुल्क तिर्नुपर्छ
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै