५ वर्षीय बालिका १५ बर्षिया शिवले गरे बलात्कार

 अछाम बैशाख १७,

अछाम जिल्लाको सोकटमा ५ वर्षीय बालिका बलात्कृत भएकी छिन् । ती बालिकालाई उनकै दाई नाता पर्ने १५ बर्षिया शिव साउदले ललाई-फकाई गरेर घर भन्दा केही टाढा पुर्याएर बलात्कार गरेका थिए ।

बलात्कारपछि बालिकाले आफ्नो काकालाई आफू बलात्कृत भएको कुरा सुनाएपछी बालिकाका कान्छाबुबाले ईलाका प्रहरी चौरपार्टीलाई खबर गरेका थिए ।

प्रहरीले साउदलाई प्रहरीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय साँफेबगरमा बुझाईएको छ । घट्नाको थप अनुसन्धानका लागी बालिकालाई पनि ईलाका प्रहरी कार्यालय साँफबगरमा ल्याईएको स्थानीय बासीले बताएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com