‘हामीले लडेर ल्याएको लोकतन्त्रमा तस्करुहरुको हाली मुहाली देख्दा मन भक्कानिएर आउछ, नेताहरुलाइ झम्टन जाउ जस्तो लाग्छ, लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा जनआन्दोलनका एकजना घाइतेले भने–लोकमान जस्ता जनआन्दोलन दवाउनेलाइ काखा र हामीलाइ पाखा गरियो ।’
निरंकुश राजतन्त्रको जरो उखेल्न जनसागर सडकमा ओर्लिएको सात बर्ष पूरागर्दै गर्दा लोकतन्त्र दिवसप्रति जनआन्दोलनका घाइते मात्र होइन सर्वसाधारण समेत निराश बन्दै गएका छन । शैसव कालमै लोकतन्त्रप्रति जनतामा किन यस प्रकारको वितिष्णा उत्पन्न भयो ? राजनीतिक विश्लेष्क श्याम श्रेष्ठ भन्छन–लोकतन्त्रको सिंहदरवार आसपास भन्दा पर पुग्न सकेन ।’
देशको मुहार फेर्नका लागि आन्दोलनमा होमिएर परिवारको सदस्य गुमाएका वा घाइते भएका परिवारमा आजको दिन लोकतन्त्र होइन शोकतन्त्र दिवस मनाइरहेका छन । जनआन्दोलनका घाइते कृष्ण गिरी भन्छन–नेताहरु सत्ता, भत्ता र कुर्सीको स्वार्थले अन्धा भए, हामीलाइ उपेक्षा गरियो ।’
जनआन्दोलन दिबश सातौ बर्षगाठ मनाइदा जनआन्दोलनका घाइते काभे्रका मुशेक कायस्थ अझैपनि अचेत छन ।
मुकेशकी आमाको प्रश्न छ–‘हाम्रा छोराहरुले बगाएको रगतको मुल्य खोइ ?
दोस्रो जनआन्दोलनका पहिलो सहीद उमेश थापाकी पत्नी लक्ष्मी देशको भद्रगोग अबस्था देख्दा आफूहरुका आखा रसाइरहेको बताउनु हुन्छ । ‘नेताहरुका खोक्रा आश्वासनले शहीदका सपना पूरा हुने छैनन, देशको मुहार फेर्न शहीद बनेका थिए, नेताको मुहार फेर्न होइन ।’
राजनीतिक निलाम्बर आचार्य लोकतन्त्र स्थापनाको सातौ बर्ष पूरा भइसक्दा उपलव्धी रक्षा गर्ने भन्दापनि भएका उपलव्धी मास्ने षडयन्त्र भइरहेको बताउछन । उनि भन्छन–‘दलीय स्वार्थका कारण जनआन्दोलनका उदेश्य अधुरै रहे, जनताले परिवर्तनको अनुभूती गर्न पाएनन ।’