कविता ' जिउँदो सहीद 'By, निर्मला राइ



दुख लाग्छ मलाई
पढेर ईतिहास बलिदानको
   हाँसो लाग्छ मलाई
देखेर चरित्र बिचित्रको
'
    देशको निम्ति योद्दाहरु
आफ्नो ज्यानै बाजी लाउछन्
 निरंकुसता र अत्याचार
बिरुद्दको गोलि हाँसी हाँसी
     छाती थप्छन
'
      आउछ सत्ता यहाँ
बगाएर रातो रगत कयौं जनताको
ढल्छ शरीर अनि कहलाउँछन्  सहीद
तर भोली बिर्सन्छन् उदेष्य बलिदानको
'
दुख लाग्छ मलाई यहाँ ,
जिउँदा सहीदका हातमा हुन्छ
    त मात्र बैसाखी
तर नेताहरुका साथमा ठुला -ठुला
   महल अनि महंगा गाडी

निर्मला राइ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com