आज सातौ लोकतन्त्र दिवस

 काठमाडौ वैशाख ११,


आज बैशाख ११ अर्थात सातौ लोकतन्त्र दिवस । नेपाली जनताको १९ दिन लामो बलिदानीपूर्ण जनआन्दोलनबाट मुलुकमा लोकतन्त्र स्थापना भएको आज ७ वर्ष पूरा भएको छ । निरङ्कुश राजतन्त्रको अन्त्य र स्वतन्त्रता प्राप्तिका लागि नेपाली जनताले सुरु गरेको जनआन्दोलन–२०६२-६३ ले आजकै दिन सफलता प्राप्त गरेको थियो । 

जन आन्दोलनको समयमा २५ जनाले ज्यान गुमाएका थिए भने करिब २१ हजार नागरिक घाइते भएका थिए । शान्ति र संविधानको जगमा भएको जनआन्दोलन सफल भए पनि मुलुकमा आन्दोलनका उपलब्धीहरु संस्थागत भइसकेका छैनन् । संविधानसभा विघटनसँगै अन्यौलमा परेको राजनीतिलाई प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरि कात्तिक अन्तिम वा मंसिर पहिलो हप्ता चुनाव हुने बताइए पनि त्यसको सुनिश्चिता भइसकेको छेन्। 

लोकतन्त्र दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा दिएको भए पनि औपचारिक कार्यक्रम नराखेर झसंग पारिदिएको छ। टिका लगाएर सरकार प्रमुख बनेका र जनता प्रति उत्तरदायी नभएका कारण सरकार प्रमुख खिलराज रेग्मीले औपचारिक कार्यक्रम राख्न चासो नदिएको आरोप लगाइएको छ । सरकारले कुनै कार्यक्रम नराखेपनि उपराष्ट्रपति परमानन्द झाले भने चियापान आयोजना गरेका छन् । बहादुर भवनमा गरिएको चियापानमा राष्ट्रपति सहित, खिरारे र राजनैतिक दलका नेताहरुलाई बोलाइएको छ ।नेपाली ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com