भिक्टर सापकोटा : हालै यस महिनाको पूवार्धमा साउदी अरबको एक कार्यक्रममा उपस्थित तीन पुरुषलाई अरबको धार्मिक प्रहरीले अति सुन्दर भएको आरोपमा अरब बाट निकालिदिएको खबरले विश्व समुदायमा व्यापक चर्चा कमाएको छ।
त्यस कार्यक्रममा रहेका तीन यू.ए.ई.का प्रतिनिधि लाई अरबको प्रहरीले ति सुन्दर पुरुषहरुको नजरमा परी महिलाहरु प्रेमको जाल मोहमा फस्न सक्ने खतरा दर्शाउदै साउदी अरब बाट निकालिदिएको बताइएको छ।
सोही तीन पुरुषमध्ये शंका गरिएका एक व्यक्ति हुन् , दुबईका फोटोग्राफर/ कलाकार -ओमर बोर्कन अल् गाला। उनले आँफु ती तीन पुरुष मध्येको एक भएको भन्ने कुरा प्रत्यक्ष रुपमा नभने पनि आफ्नो फेसबुक अकाउन्टबाट सो बात अप्रत्क्ष रुपमा स्वीकारिसकेको पाइएको छ।
चितवन टुडेको तर्फ़बाट हामीले उनलाई फेसबुकमा पठाएको प्रश्नको उत्तर उनले दिएका छैनन्। अरबका अन्य स्रोतहरुबाट ओमर बोर्कन अल् गाला साउदी अरब बाट निकालिएका तीन पुरुषमध्ये एक भएको खुलासा भएको संकेत पाएपछि उनका फ्यान तथा समर्थकहरुबाट उनको फेसबुकमा आउने मेसेजको ओइरो लागेको छ।
ओमर भने आफ्नो फेसबुक अकाउन्टमा आफ्ना सुन्दर तस्बिरहरुका साथै आफ्ना साहित्यिक रचनाका हरफहरु राख्दै आएका छन्।
अरबमा बाहुल्यता रहेको सुन्नी मुस्लीम समुदायहरुमा महिलालाई नचिनेको पुरुषसंग अन्तर्क्रिया गर्न निषेधित रहेको अरेबियन बिजिनेसले जनाएको छ। ओमर सहभागी भएको त्यस कार्यक्रममा यू.ए.ई.कि महिला गायिकाको अप्रत्याशित उपस्थितिले धार्मिक प्रहरीको शंका जगाएको एमिरेट्स् २४/७ ले जनाएको छ। संसारभरिका संचार माध्यमहरुमा यस विषयमा चासो राख्दै अन्य दुई पुरुषको पनि खोजी भैरहेको छ।
-