४१ प्रतिशत महिलाले इच्छाविपरीत गर्भधारण गर्नु परेको तथ्याङ्क

नेपालगन्ज, चैत २२,

आफ्नो इच्छाविपरीत नेपालका ४१ प्रतिशत महिलाले गर्भधारण गर्नुपरिरहेको तथ्याङ्क यहाँ सार्वजनिक गरिएको छ। गर्भधारण गर्ने वा नगर्ने सम्पूर्ण अधिकार महिलामा निहीत भए पनि आफ्नो अधिकार प्रयोग गर्नबाट धेरै प्रतिशत महिला बञ्चित हुनु महिला सशक्तीकरणविरुद्ध रहेको यथार्थ तथ्याङ्कले देखाएको छ।

नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतनसम्बन्धी ऐन लागू भएको १० वर्षको अवधिसम्म पनि मुलुकका १३ प्रतिशत महिलाले इच्छा भएर पनि गर्भपतन गराउन पाएका छैनन्। "

पुरातनवादी सामाजिक मान्यता तथा पुरुषवादी मानसिकताका कारण महिलाले चाहेर पनि गर्भपतनको अधिकार प्रयोग गर्न सकेका छैनन्,"-सामाजिक संस्था कृपा नेपालका निर्देशक प्रभाकर श्रेष्ठको भनाइ छ।

सुरक्षित गर्भपतन स्वास्थ्य केन्द्रहरू सहरमा मात्र केन्द्रित हुनु, परिवारभित्र महिलाको आर्थिक हैसियत कमजोर हुनु, समाज अझै महिलामैत्री हुन नसक्नुलगायतका कारणले गर्भधारण गर्ने वा नगर्ने, गर्भपतन गर्ने वा नगर्ने अधिकारको प्रयोगमा महिला कमजोर देखिएको तथ्याङ्कमा उल्लेख छ। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com