नेपाली पत्रकार आफ्नो पक्षमा पार्न भारत र पाकिस्तानवीच हानथाप !

 काठमाडौ वैशाख ११,

नेपाली पत्रकारलाइ आफ्नो पक्षमा पार्न भारत र पाकिस्तानवीच हानथाप सुरु भएको छ । भारत र पाकिस्तानले नेपाली पत्रकार तान्न एउटै समय छानेपछि परराष्ट विटमा कामगर्ने पत्रकारलाइ कता जाने भन्ने तिरिमिरि भयो । विदेश मन्त्रालयको निमन्त्रणामा नेपालको ठूला संचार माध्यमका डेड दर्शन पत्रकार नयाँ दिल्लीमा भेटवार्तामा व्यस्त छन । 

त्यही समयमा नेपालका प्रभावशाली पत्रकारहरुको टोली इस्लामावाद पुगेको छ–आम निर्वाचनको सन्दर्भ पारेर । भारत जाने टोलीमा कान्तिपूरका देवेन्द्र भट्टराइ, दी काठमाण्डौ पोष्टका अनिल गिरी, नागरिकका मणि दाहाल, रिपब्लिीकाका कोषराज कोइराला, अन्नपूर्ण पोष्टका चन्द्रशेखर अधिकारी, दी हिमालयन टाइम्सका लेखनाथ पाण्डे छन । 

यस्तै गोर्खापत्रका शिवकुमार भट्टराइ, नयाँ पत्रिकाका प्रमिला देवकोटा र राजधानी दैनिकका डिल्ली आचार्य, इमेज टेलिभिजनकी सस्वती कर्माचार्य र रिर्पोटस क्लवका आजिवन अध्यक्ष ऋषि धमला समेत परेका छन । पाकिस्तान जाने टोलीमा कान्तिपूरका गोपाल खनाल, रिपव्लिकाका कमल परियार, दी हिमालयन टाइम्सका अर्जुन भण्डारी, सगरमाथा टेलीभिजनका प्रमोद सेडाइ र कान्तिपूरका फोटो पत्रकार नरेन्द्र श्रेष्ठ लगायत छन । नयाँ दिल्लीमा रहेका पत्रकारले दिनदिनै बाइलाइन समाचार लेखेका छन । 

सुरुको दिन भारतीय विदेश सचिव रञ्जन मथाइलाइ भेटेका पत्रकारले हिजो विदेश मन्त्री सलमान खर्शीदलाइ भेटेका थिए । ‘राजनीतिक क्षेत्रमा जस्तै मिडियामा पनि भारतले आफ्नो प्रभाव पार्न खोजेको देखिन्छ, एकजना वरिष्ठ पत्रकार भन्छन–पाकिस्तानको चुनावको समयमा नेपाली पत्रकारलाइ भारततर्फ आकर्षण गर्नु यसैको संकेत हो ।’ भारतले केही समय अघि उर्जा र आर्थिक विटका पत्रकारलाइ भारत भ्रमणमा लगेको थियो ।नेपाली ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com