एक आमाले आधा मात्र मुटु भएको बच्चालाई जन्म दिएकी छिन् । म्यानचेष्टरकी २० वर्षीय युवती रेवीका टर्नरले आधा मात्र मुटु भएको बच्चा जन्माएकी हुन् ।
बच्चाको बच्ने सम्भावना ५० प्रतिशत मात्रै रहेको बच्चा जन्मिँदाका समयमा चिकित्सकहरूले जनाएका थिए । करिब ९ महिनाको उक्त बच्चाको पाँच दिनको हुँदा दुई पटक निकै कठिन शल्यक्रिया गरिएको थियो ।
आफ्नो बच्चा अहिले स्वस्थ्य रहेकोमा रेबिका निकै खुसी छिन् । उनी आफ्नो बच्चा निकै चमत्कारी बच्चा भएको बताउँछिन् । उनले आफ्नी ती छोरी बाच्छिन् भन्ने विश्वास नै गरेकी थिइनन् ।
रेबिका गर्भवती रहँदा गरिएको परिक्षणमा पनि ती बालिकाको स्वास्थ्य त्यति राम्रो नभएको बताइएको थियो । २० हप्ताको हुँदा गरिएको परिक्षणमा चिकित्सकहरूले मुटुमा समस्या रहेको बताएका थिए ।
अहिले ती बालिका स्वस्थ छिन् ।एजेन्सी ;