काभ्रे बैशाख ९,
काभ्रे प्रहरीले जुवाडेको साथबाट बरामद गरेको रकम जिल्ला बालकल्याण समितिलाई बुझाएको छ ।
जुवा खेलिरहेको अवस्थामा शुक्रबार धुलिखेलबाट नियन्त्रणमा लिएका ५ जना जुवाडेको साथबाट बरामद ३२ हजार रकम आज बालकल्याण समितिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कृष्णजी अधिकारीले जानकारी दिए ।
प्राप्त रकम जिल्लाका विपन्न तथा असहाय बालबालिकाको क्षेत्रमा काम गर्ने बालकल्याण समितिले जनाएको छ । प्रहरीले जुवाडेहरूलाई अबदेखि जुवा नखेल्न सर्तमा रिहा गरेको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै