पापीहरू पुग्दा रछन् पवित्र त्यो मन्दिरमा
मुर्खहरू थुक्दा रछन् पवित्र त्यो मन्दिरमा
फूलमाला हात माथि छल्कपट साथ राखि
जालीहरू लुक्दा रछन् पवित्र त्यो मन्दिरमा
बगलीमा छुरा हालि ती मुखैको थुतुनाले
राम राम भुक्दा रछन् पवित्र त्यो मन्दिरमा
धुप वाल्ने निहु गरि मुर्ती चोर्न मौका छोप्ने
चोरहरू ढुक्दा रछन् पवित्र त्यो मन्दिरमा
धर्म के हो थाहा छैन बलिपुजा पुण्य भन्दै
बिगुल पो फुक्दा रछन् पवित्र त्यो मन्दिरमा
पापीहरू पुग्दा रछन् पवित्र त्यो मन्दिरमा
मुर्खहरू थुक्दा रछन् पवित्र त्यो मन्दिरमा
सोमकृष्ण श्रेष्ठ
भि न पा २, दोलखा