तयारी मिस डिभा-२०१३' को

काठमान्डू चैत्र २६,

गएको दुई सातायतादेखि २६ जना युवती कलंकी ढुंगाअड्डास्थित क्लब डायनामिकको एरोविक्स हलमा आफ्नो व्यक्तित्व आकर्षक बनाउने, बौद्धिक क्षमता तिखार्ने तथा आत्मविश्वास बढाउने कार्यमा व्यस्त रहँदै आएका छन्।

उनीहरूको यो मेहनत 'मिस डिभा-२०१३' शीर्षकको सौ न्दर्य प्रतियोगिताको मुख्य उपाधिमा आफूलाई अब्बल साबित गर्नका लागि हो। प्रतियोगिताको तयारीका क्रममा उनीहरू विविध विषयमा ग्रुम भैरहेको आयोजक संस्था बियोन्ड इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट प्रा.लि.ले जनाएको छ।

जसअन्तर्गत सम्बन्धित क्षेत्रका विज्ञहरूबाट ब्युटी, मे कअप, फिटनेस, फेसन, सञ्चार, समाजसेवा आदि विषयमा उनीहरूले जानकारी हासिल गरिसकेका छन्। उनीहरूले तस्बिर स्टुडियोका फोटो ग्राफर शिवलाल श्रेष्ठबाट फोटोसुट गराइसकेका छन् भने उनीहरू विभिन्न सामाजिक गतिविधिमा पनि संलग्न भैसकेका छन्।

मिस डिभाका प्रतियोगीहरूले यही चैत ३० गते दरबारमार्गस्थित उडल्यान्ड प्लाजाको प्लानेट बलिउडमा फेसन शोसमेत गर्ने छन्। आयोजक संस्थाका अनुसार आउँदो वैशाख ६ गते सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा हुने अन्तिम प्रतिस्पर्धाबाट मिस डिभा-२०१३ चयन हुनेछ।साप्ताहिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com