संस्कार र परम्पराअनुसार विवाहका व्यावहारिक पक्ष बुझाउन डाइरेक्सन नेपालले विगत ७ वर्षदेखि वेडिङ एक्स्पो संचालन गर्दै आएको छ । एक्स्पोमा विवाहसम्बन्धी सम्पूर्ण प्याकेजका सम्बन्धमा जानकारी गराउने व्यवस्था थियो जहाँ विवाहका लागि लमीदेखि दुलाहा, दुलहीको चिना देखाउने र ज्योतिष तथा पण्डितको व्यवस्था थियो ।
विवाहका लागि आवश्यक सम्पूर्ण पहिरन, मेकअप, मेहन्दी, फोटो सुट, नेल आर्ट, साइपाटा, बग्गीदेखि सबैको जानकारी एक्स्पोमा उपलब्ध थियो । निःशुल्क मेहन्दी, हेयर कटिङ, नेल आर्ट, फोटो प्रदर्शनी, ब्राइड एण्ड ग्रुम फेसन शो एक्स्पोका मुख्य आकर्षण थिए । सोही ठाउँमा छैठौं कोपिला चिल्ड्रेन एक्स्पो पनि सम्पन्न गरियो ।
बालबालिकालाई मनोरञ्जनात्मक शैलीमा शिक्षा प्रदान गर्नुका साथै अभिभावकमा सचेतना फैलाउने उद्देश्यले आयोजित एक्स्पोमा बालबालिकाहरूलाई चाहिने हरेक सरसामानका साथमा फेन्सी ड्रेस शो, हस्तलेखन प्रतियोगिता, खेलकुद प्रतियोगिता, डान्स कम्पिटिसन, प्यारेन्टिङ तालिम आदि संचालन गरिएका थिए । एक्स्पोमा प|mी डेन्टल हेल्थ क्याम्प, फेन्सी ड्रेस शो, बलिउड डान्स वर्कसप, फेस पेन्टिङ, बी बोइङ वर्कसप आदि इभेन्ट पनि सम्पन्न भए ।