काठमान्डू बैशाख १०,
रमा सिंह : महिला हिंसाका घटनाहरूमा कमी आउनुको साटो दिनानुदिन वृद्धि भैरहेको छ । लाग्छ, पुरुष जातिले संयुक्त राष्ट्रसंघको नारी हिंसा उन्मूलन अभियानलाई ख्यालठट्टा सम्झेर नारीमाथि शोषण बढाइरहेका छन् । नारीमाथि बलात्कार, हत्या, शारीरिक यातनाको सिलसिलाले आज हरेकलाई स्त्ाब्ध बनाएको छ । नारी हिंसाका घटनाहरूले क्रुरता र शोषणको वीभत्स रूप लिँदैछन् ।
नारी पहिले कहिल्यै यति असुरक्षित थिएनन् । नारी पहिले पनि शोषित थिए, तर पहिले यस प्रकारका घटनाका कमै जानकारी हामीसमक्ष आउँथे । नारीको संसार र कार्यक्षेत्र घरभित्रै सीमित थियो । आजका नारी हरेक क्षेत्रमा अगाडि बढ्ने प्रयास गरिरहेका छन् र सफल पनि छन् । नारी बीसौं शताब्दीमा जति उन्न्ातितर्फ अग्रसर हुँदैछन्, पुरुषको अत्याचार पनि त्यति नै मात्रामा बढिरहेको छ । नारीलाई पुरुषले हेर्ने दृष्टिकोण आजसम्म स्पष्ट छैन । यद्यपि नारी शोषणका विषयमा प्रायः हरेक समाजमा एउटै मनोवृत्ति भेटिन्छ । नारी शोषण विश्वको प्रत्येक समाजमा विद्यमान छ ।
नारीमाथि हुने हिंसा संसारको सबैभन्दा आदिम हिंसा हो । प्रागऐतिहासिक कालदेखि आजसम्म मानवले प्रगति गरेर आफूलाई सभ्यताको संवाहकका रूपमा परिचित गराएको छ, तर पुरुषबाट हुने नारी हिंसाको मामिलामा अलिकति पनि सुधार आएको छैन ।
प्राचीन कालदेखि नै पुरुष वर्गले महिलालाई आफ्नो निजी सम्पत्तिका रूपमा लिँदै आएको छ । शारीरिक रूपमा बलशाली हुनु र आफूलाई स्त्रीभन्दा अधिक श्रेष्ठ आँकलन गर्नु नारी हिंस्ााको प्रमुख कारण भएको समाजशास्त्रीहरू बताउँछन् । पुरुषप्रधान समाजको संरचनाले पनि नारी हिंस्ाालाई बढावा दिएको छ । मानव अधिकार हनन्को यो सम्भवतः सबैभन्दा कुरूप पक्ष हो । आजसम्म्ा महिलाहरूले आफ्नो बाँच्ने अधिकारको स्वाभाविक रूपले उपभोग गरेका छैनन् । नारी हिंस्ााका पछाडि कुनै उचित वा ठोस कारण पत्ता लगाउनु अत्यन्त गाह्रो कुरा हो । हाम्रो समाजमा नारी हिंसाका अनेकौं रूप विद्यमान छन् । घरेलु हिंसा, यौन हिंसा, दाइजोका लागि हिंसा, छोरी भू्रणहत्या, अफिसमा कार्यरत महिला सहकर्मीसँग अपशब्द प्रयोग वा यौन क्रियाकलापका अश्लील संकेतहरू, बलात्कार, बालविवाह, विधवा विवाह, चेलीबेटी किनबेच महिला हिंसाअन्तर्गत पर्ने विषय हुन् ।
समाजका वृद्ध महिलाहरूलाई बोक्सीको आरोप लगाउने तथा त्यसको आडमा अत्याचार गर्ने कुराहरू पनि महिलाविरुद्ध हुने हिंस्ााअन्तर्गत पर्छन् । पुरुषद्वारा महिलालाई आर्थिक कारोबार एवं शिक्षाबाट वञ्चित राख्नुलाई पनि स्त्री हिंसा नै मानिएको छ ।
संयुक्त राष्ट्रसंघको रिपोर्ट एवं स्वंयसेवी संस्थाहरूको अध्ययनले महिलामाथि हुने हिंसाको यथार्थ चित्रण प्रस्तुत गर्छन् । संसारमा प्रत्येक तीन महिलामध्ये एक महिला हिंसाको सिकार हुन पुग्छन् । आजसम्म एसियाका ५ करोड महिलाको ज्यान हिंस्ााबाट गैसकेको छ । विश्वमा घरेलु हिंसाको सिकार हुने महिलामध्ये ४० देखि ७० प्रतिशतसम्मको मृत्यु उनकै पति वा पुरुषबाट भएको पाइन्छ । यो कुरा विश्व स्वास्थ्य संगठनको महिला हिंसासम्बन्धी सन् २००० को रिपोर्टमा उल्लेख छ । सामान्यतया १५ देखि ४५ वर्षसम्मका महिला आफ्नो जीवनकालमा एक न एक पटक पुरुष हिंस्ााको सिकार बनैकै हुन्छन् ।
हिंसाबाट मर्ने महिलाहरूको संख्या क्यान्सर, युद्ध अथवा दुर्घटनाहरूमा मर्ने महिलाहरूभन्दा बढी छ । हिंसाबाट पीडित भैरहे महिलाले त्यसको दुष्प्रभाव निरन्तर रूपले भोगिरहन्छन् । माथिबाट देख्दा चाहे जति सामान्य लागोस् तर यसको प्रभाव धेरै गहिरो र विनाशकारी हुन्छ । पीडित नारीले कहिल्यै सामान्य जीवन बिताउन सक्दैनन् । शारीरिक, मानसिक, सामाजिक, प्रत्येक प्रकारका उन्नति हिंसाका कारणले रोकिन्छन् । हिजोआज महिलाहरूमा बढ्दो डिपे्रसनको प्रमुख कारण मानसिक वा शारीरिक हिंसा नै हो । शरीरमा सधैं पीडाको अनुभव हुनु, चक्कर आउनु, ग्यास्टिक हुनु, एकाग्रताको कमी, स्तन क्यान्सर, असफल आत्महत्याको प्रयास आदिमा नारीमाथि भैरहने शारीरिक वा मानसिक अत्याचार नै प्रमुख कारणका रूपमा देखा पर्छ ।
आज हरेक ३३ मिनेटमा एक महिला हिंसाको सिकार भैरहेकी छिन् । हरेक आधा घन्टामा विश्वमा कहीँ न कहीँ कुनै महिला बलात्कृत भैरहेकी छिन् ।
नारी शोषणका नयाँ-नयाँ विधिले वीभत्स्ाता र अश्लीलताको सीमा पार गरिसकेका छन् । कुनै पनि सभ्य समाजका लागि यो राम्रो कुरा होइन । भारत र नेपालमा ग्याङ रेप यसैको उदाहरण हो । आफूलाई नवीन र आधुनिक मान्न्ो युवाहरू पनि न्ाारीमाथि अत्याचार गर्न पछि छैनन् । ब्याकमेल, बाध्य तुल्याएर खिचिएको अश्लील तस्बिरको सार्वजनिक प्र्रयोग, महिला मित्रहरूसँगका प्ा्रेम प्रसंगहरूको एसएमएसको प्रदर्शन गर्नु शोषणका प्रचलित स्वरूप हुन् । त्यसैले कतिपय किशोरीहरू आत्महत्या गर्न पनि बाध्य हुन्छन् ।
यसको रोकथाम र प्रतिकार कसरी हुन सक्छ ठूलो चुनौतीपूर्ण विषय हो । अब समय आइसकेको छ- नारी हिंसामाथि अत्यन्त गम्भीरतापूर्वक विचार र कार्यान्वयन दुवै होस् । यसमा अब अंकुश लगाउने समय आइसकेको छ । यसका लागि कानुन, समाज, पुरुष र नारी सबैको दृष्टिकोणमा ठूलो परिवर्तन आवश्यक छ ।
नारीले सदैव याद राख्न्ो यथार्थता के हो भने हिंसाको लतमा एकचोटि फसिसकेपछि त्यसबाट बाहिर आउन अत्यन्त मुस्किल छ । घरेलु हिंसाका कतिपय मामिलामा पुरुषहरू प्रायश्चित्त पनि गर्छन्, त्यस्ता घटना फेरि कहिल्यै नदोहोर्याउने किरिया पनि खान्छन्, तर पटक-पटक हिंसाको पुनरावृत्ति भएकै हुन्छ । यसका लागि पहिलोपटक हिंसा भए स्वयं त्यसलाई रोक्ने चेष्टा गर्नुपर्छ । पहिलो पटकको प्रतिकार सबैभन्दा बढी प्रभावशाली हुन्छ । हिंस्ााको कुनै निश्चित परिभाषा हँुदैन । कसैका लागि एउटा अपशब्द पनि हिंसा हुनसक्छ, कसैका लागि एकाध थप्प्ाड पनि सामान्य हुन सक्छ । हिंस्रक व्यवहारलाई मौन भएर सहनु हुँदैन । सबैतिरबाट त्यसको प्रतिकार हुनुपर्छ ।
आजका नारीले पुरुषलाई हरेक क्षेत्रमा चुनौती दिँदै आएका छन् । चाहे हिंसा परिवारबाट होस्, चाहे समाजबाट, चाहे सरकारको भेदकारी नीतिहरूद्वारा, नारी हरेक हिंसाविरुद्ध आवाज उठाउन कटिबद्ध छन् ।
आज महिलाहरूले बलात्कारीहरूलाई मृत्युदण्ड वा सर्वस्वहरणसहित जन्मकैदको सजायको माग गरिरहेका छन् । बलात्कार मानव जातिको जघन्य अपराधहरूमध्येको एक हो । अहिले हरेक दिन नारी हिंसाको विरोधमा जुलुस, धर्ना, प्रदर्शन वा विरोधका कार्यक्रमहरू भैरहेका छन् । यस्ता प्रदर्शनहरू साधारण प्रदर्शन होइनन् । आज नारीहरूले आफ्नो अस्मिताका लागि, आफ्नो मौलिक अधिकारका लागि र सम्मानजनक जीवन यापनका लागि आवाज उठाइरहेका छन् । त्यसैले बलात्कार र महिला हत्याजस्तो मानवीय कलंकका घटना नदोहोरिऊन् भन्नका लागि सरकारले समयमै कठोर कदम उठाउनु वेश हुन्छ । बलात्कारीहरूलाई जमानतमा बसेर मुद्दा लड्ने प्रावधान छ, जसले अपराधको गम्भीरतालाई हलुका बनाउँछ । फेरि न्यायिक प्रक्रिया यति सुस्त र त्रुटिपूर्ण छ कि बलात्कारीले आफ्नो अपराधलाई ढाकछोप गर्ने प्रबल सम्भावना हुन्छ ।
वकिलहरूको अश्लील सोधपुछबाट डराएर कतिपय परिवारका पीडित महिलाहरू अदालतसम्म्ा जान मान्दैनन् । त्यसैले अपराधी आफ्नो अपराधको पुनरावृत्ति गर्न सफल भैरहेको हुन्छ । बलात्कार, ज्यान लिने प्रयास, हत्या आदि नारीमाथि हुने अपराधहरूलाई लामो न्यायिक प्रक्रियामा राख्नु अपराधीलाई बढावा दिनुसरह हो । यदि सरकार महिलाहरूलाई न्याय दिन चाहन्छ भने अब दु्रतगतिको अदालतको सुनुवाइ प्रक्रियाको आवश्यकता छ । अपराधीले छिट्टै सजाय पाए नारीको आत्मविश्वास पनि सबल हुन्छ । बलात्कार एवं ज्यानमारा मानसिकता राख्न्ो पुरुषहरू पनि सजायको प्रकृति हेरेर भयभीत हुन्छन् र अपराध गर्नुअघि धेरै पटक सोच्छन् । बलात्कार एवं शारीरिक हिंसा रोकथामका लागि सरकारी निकाय एवं संयन्त्रहरूले प्रभावकारी कार्य गर्न सक्छन् । सहरहरूमा प्रहरीलाई सक्रिय बनाए दुव्र्यवहारएवं बलात्कारका घटनाहरूमा कमी आउन सक्छ ।
सहरी क्षेत्रमा सडकहरूमा सीसीटी क्यामेराहरू जडान भए सडक दुर्घटनाका साथै महिला दुव्र्यवहारमा पनि कमी आउनुका साथै अपराधीहरू उम्कन पनि असम्भव हुन्छ ।
यसमा मिडियाको भूमिका पनि अत्यन्त प्रभावकारी सिद्ध हुन सक्छ । संचारकर्मीहरूले यस्ता घटनाहरूमा जागरुकता ल्याउन ठूलो मद्दत गर्न सक्छन् । अब गाउँहरूमा महिला हिंसाविरुद्ध महिलाहरूलाई एकत्रित गरेर महिला समितिहरू गठन गर्नुपर्छ । जब महिलाहरूले वन फडानी रोक्ने कार्यक्रममा वा जाँड-रक्सी छोडाउने अभियानहरूमा सरकारी निकायहरूसँग मिलेर प्रशंसनीय काम गरेका छन् भने महिला रक्षाका कार्यक्रमहरू त सोझै प्रत्येक महिलासँग जोडिएका छन् । जिल्ल्ााका प्रहरी कार्यालयहरूमा पनि महिला सेलहरू गठन हुनु आवश्यक छ किनभने गरिब निमुखा महिलाहरूका सिकायत रिपोर्ट कतिपय थानाहरूमा दर्ता गर्न पनि गाह्रो हुन्छ ।
यस प्रकारका अनेकौं उपाय छन् जो कालान्तरमा महिला हिंसा रोकथाममा प्रभावकारी हुनसक्छन् । सबैले यो कलंक हटाउन सहयोग गरे यसमा कमी आउन सक्छ । पुरुषहरूको सहयोगबिना यो अभियान सफल हुन सक्दैन । महिला हिंसाविरुद्धको अभियानमा पुरुषहरूको पातलो सहभागिता दुःखको विषय हो । यस्ता आन्दोलन एवं अभियानमा केही मिडियाकर्मी र पीडित परिवारका पुरुषहरूबाहेक अरू कुुनै पनि वर्गका पुरुषको सहभागिता देख्न पाइँदैन । यो उदासीनताको विषय होइन, यो त प्रत्येक पुरुषको आफ्नै घरकी महिलाको समस्या हो । कुनै पनि बेला महिलाहरू बलात्कृत तथा अपमानित हुन सक्छन् वा दुर्घटनामा पर्न सक्छन् ।
कुनै पनि समाजको सर्वाङ्गीण विकासका लागि नारी र पुरुष दुवैको उन्नति समान रूपले आवश्यक हुन्छ । पीडित नारीबाट परिवार एवं सन्तानको दायित्व निर्वाह असम्भव हुन्छ । नारीमाथिको हिंसा व्यक्ति, परिवार र देशको आर्थिक उन्नतिका लागि पनि बाधक हुन्छ ।
हिंस्ााबाट नारी मात्र होइन पुरुषको जीवन पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रभावित हुन्छ । यस प्रकारको घातक मानव अपराधलाई उन्मूलन गर्न सबै तहको जागरुकता आवश्यक छ । सरकारले कानुन मात्र बनाउन सक्छ तर कानुनलाई कार्यान्वयन गर्न सक्दैन । पुरुषहरूको मानसिकतामा परिवर्तन आउन त्यति सजिलो छैन । कानुन बनाउन लगातार सरकारलाई दबाब दिइरहनु तथा बनिसकेका कानुन कार्यान्वयन गराउन पनि महिलाहरू नै प्रयत्नशील हुनुपर्छ ।
बलात्कार, हत्याको प्रयासजस्ता घटनामा जहाँ सरकार, पुलिस तथा न्यायिक प्रक्रिया अगाडि आउन आवश्यक छ त्यहीँ अन्य प्रकारका घरेलु हिंसामा कानुन त्यति प्रभावकारी हुन सक्दैन । घरेलु हिंसाको समस्या प्रायः पतिपत्नी वा स्त्रीपुरुषबीचको विषय भएका कारणले कानुनको हस्तक्षेप कम हुन्छ ।
यसका लागि आपसी समझदारी कायम राख्नु महिलालाई आफूसरहको दर्जा प्रदान गर्नु एवं आफ्नो मानसिकतामा परिवर्तन ल्याउनु आवश्यक छ । नारीमाथिको हिंसा नारी अस्मितासँग जोडिएको विषय हो । कुनै पनि व्यक्ति आफ्नो अस्तित्व सधैं अपमानित भएको देख्न सक्दैन । नारी स्वयंले गरेको विरोध त्यसको सबैभन्दा ठूलो प्रतिकार हुन सक्छ । एकपटक पाइलाहरू अघि बढिसकेपछि अब नारीले पनि आफ्नो संघर्षलाई मत्थर हुन दिनु हुँदैन । कठोर कानुन नबनुन्जेलसम्म्ा र प्रत्येक अपराधीलाई परिणामसम्म्ा पुर्याउनु सबैभन्दा ठूलो चुनौती हो । नारीले आजसम्म हरेक चुनौतीलाई गरिमापूर्ण ढंगले स्वीकार गर्दै आफ्नो क्षमता सिद्ध गरेका छन् । नारी अस्मितासँग जोडिएको यो संघर्षमा पनि महिलाहरू नै विजयी हुनेछन् ।नारी ;