वर्ष २०६९ को फेसन

काठमान्डू बैशाख ०१,

वर्ष २०६९ को फेसन सिजन नयाँ कलरमा रंगीन भएको महसुस गरियो। जसमा ब्राइट्स, पेस्टल्स र सदाबहार व्हाइट प्रमुख रह्यो। यसबाहेक टरक्वाइज, एमराल्ड, फुसिया र लेवेन्डरको बहार पनि देख्न पाइयो। यस पटक रेड कलरको सबै सेड्स, अर्दी कलरको सबै सेड्स फेसनमा रहे। 

समर शैलीमा पेस्टल सेड्स हिट रहे भने अरेन्ज कलरको सेड्स पनि उत्तिकै प्रचलनमा रह्यो। यसबाहेक व्हाइट, पिन्क, सनसाइन यलो, इलेक्टि्रक ब्लू, नियन गि्रन र न्यूड सेड्स पनि फेसनमा देखियो। ग्ल्यामरस लुकतर्फ ग्रे, नेभी ब्लू र वाइन कलरको दबदबा रह्यो। सुदिङ लुकतर्फ भने एक्वा ब्लू र अलिभ गि्रन पर्फ]{ट च्वाइसका रूपमा देखा पर्‍यो। लोटस र रोजका सेड्स पनि यो वर्ष फेसन रह्यो। 

सोलिड्स र प्याटर्नको कम्बिनेसन यो वर्ष स्टाइलको संसारमा हट च्वाइस बन्यो, जसका कारण पोल्का डट्स, स्ट्राइप्स र फ्लोरलको प्रभाव बढ्यो। यङ र प|mेस लुक प्रदान गर्ने फ्लोरल पि्रन्ट्स यो वर्ष समर सिजनको आइडियल बन्यो। गत वर्ष एन्ट्री पाएको बर्ड फेदर पि्रन्ट्सलाई फेसन प्रेमीहरूले यस पटक पनि निरन्तरता दिए। पिन्क, बटरफ्लाई र कलरफुल बर्डस् पि्रन्ट निकै लोकपि्रय रह्यो। यसबाहेक एनिमल पि्रन्ट, ट्रायबल पि्रन्ट, ग्राफिकल पि्रन्ट तथा प|mूट पि्रन्ट्स पनि यो वर्ष हट च्वाइसका रूपमा देखा पर्‍यो। ब्रड स्ट्राइफ, जियोमेटि्रक प्याटन्र्स र ग्राफिक मोटिफहरू यस पटक फेसनमा रह्यो। 

क्रिएटिभ टेक्निक अँगालिएका कैयन् प्याटर्न जस्तै- अफसेट चेक्स, प्याच वर्क डिजाइनमा ब्रोकन प्याटर्न, हातबाट सिलाइएको जस्तो लुक दिने प्याटर्नहरू पनि खुबै चले। मोनोक्रोमेटिक अर्थात् सिंगल कलर डे्रसिङ हट ट्रेन्डका रूपमा विकसित भयो। टप र बटम एउटै कलर राखेर फरक टेक्सचर प्रयोग गरी एक्साइटिङ लुक प्राप्त गर्ने शैली पनि खुबै मनपराइयो। मोनोक्रोम कलर्समा हाई ग्लास मटेरियल, कलर्ड लेमिनेशन, सुपर इम्पोज्ड, फ्लुइड र फ्लेक्सिबल फ्याबि्रकले बढी प्राथमिकता पाए। डिजाइनर वेयरतर्फ कम्र्फटलाई ध्यानमा राखेर कुर्तिज हट फेसन फेसन ट्रेन्डका रूपमा देखियो। 

हरेक उमेर समूहका महिलाले प्रयोग गर्न सक्ने र प्रायः सबै अवसरका लागि उपयुक्त कुर्तिज स्टाइलमा यो वर्ष फेसन संसार रमेको अनुभव गरियो। नेकलाइन, स्लिब्स र लेन्थको विविधतासँगै कुर्ती वुमेन वार्डरोबको हट च्वाइस बन्न पुग्यो। वुमेन वार्डरोबको सदाबहार पहिरन शैली साडीमा भने यस पटक मूलतः नेट, सिफन, भेल्भेटका साडीको प्रचलन बढ्यो। कट वर्क, एप्लिक वर्क निकै पपुलर रहे भने स्टोन, जरी, जरदोजी वर्क र हृयान्ड तथा थ्रेड इम्ब्रोइडरीको प्रयोग पनि उत्तिकै रुचाइयो। कलरमा भने मूलतः बन्र्ट ओरेन्ज, गि्रन, ब्लू, येलो, पिन्क, मरुन तथा रेड कलर्स बढी ट्रेन्डमा रह्यो। 

साडीमा भिन्टेज लुकको प्रभाव हावी भयो। ईजी टू ड्रेप साडीका साथै स्टाइलिस एवं ट्रेन्डी साडीले पनि नारी सुन्दरतालाई थप आकर्षक बनाउने काम गर्‍यो। ब्लाउजतर्फ पफी स्लिभ, हल्टर नेक, फुल स्लिभ युक्त ब्लाउजले साडीलाई मोर्डन अप्रोच दिएको महसुस गरियो। देशी लुकतर्फ लेहेंगाको स्टाइल पनि खूबै लोकपि्रय रह्यो। ए लाइन, लङ स्ट्रेट होस् वा जिप्सी स्टाइलको फ्लेयर्ड स्कर्ट, प्लिटेड स्कर्ट स्टाइल होस् वा मरमेड स्टाइलको फिशटेल लेहेंगा, सबै शैली उत्तिकै लोकपि्रय रहे। लेहेंगासित अपर वेयरमा लङ कुर्तादेखि शर्ट कुर्ती वा ट्युनिकको प्रयोग गरिएको पनि देखियो भने कोर्सेट, बस्टियर तथा ट्युब टपको कम्बिनेसन पनि देख्न पाइयो। यसबाहेक वेस्टर्न क्रप टप, हल्टर नेक बेबीडल टपको प्रयोग पनि देख्न पाइयो। ले

हंेगाबाहेक अनारकली, शरारा र लान्छाको मोर्डन अवतार पनि यस पटक देशी फेसनशैलीअन्तर्गत प्रचलनमा रहे। साडी, लेहेंगा वा सलवार सुटसित कोलर युक्त क्रप्ड सर्टको कम्बिनेसन पनि यसपटक युवतीहरूका बीच लाकेपि्रय रह्यो। कुर्ता सलवारको ट्रेडिसनल भर्सन त पपुलर थियो नै, त्यसमा चुडीदार शैली, पाइन्ट शैली, पटियाला स्टाइलदेखि जोधपुरी स्टाइलसम्मले निरन्तरता पायो। यसबाहेक अगाडिबाट छोटो र पछाडिबाट लामो डिजाइनको टेल हेमलाइन कुर्ता, ट्राउजरसित कम्बाइन गरी लगाइने ज्याकेट स्टाइल कुर्ता, डे्रस स्टाइल कुर्ता, ट्युनिक स्टाइल कुर्ता, शर्ट स्टाइल कुर्ता, फ्लोर लेन्थ कुर्तालगायतको कुर्ताको विविधता पनि अनुभव गरियो। यो वर्ष सिंगल ड्रेसको लोकपि्रयता निकै बढ्यो। 

सिंगल ड्रेसको आकर्षणमा कुनै पनि बडी शेप सुहाउँदो हुने म्याक्सी ड्रेस, हट बेबी डल लुक दिने ट्युब ड्रेस, बिन्दास, स्मार्ट र बेबी लुक प्रदान गर्ने ट्युनिक ड्रेस, माथिदेखि तलसम्म बटन हुने सर्ट ड्रेस तथा स्लिम फिगरका लागि स्मार्ट र ट्रेन्डी ड्रेसको पर्यावाचीका रूपमा चिनिएको काउल ड्रेस विभिन्न उमेर समूहका महिलाहरूले आफ्नो फिगर तथा अवसरअनुरूप प्रयोग गरे। जम्प सुटको शर्ट भर्सन जहाँ समर सिजनमा हिट रह्यो त्यहीं लङ् भर्सन विन्टरमा पपुलर भयो। मिलिट्री लुकको प्रभावले यो शैली अझ लोकपि्रय भएको महसुस गरियो। गएको वर्ष जहाँ बोहेमियन लुकको क्रेज रह्यो त्यहीं ट्राइबल लुक पनि ट्रेन्डमा रहेको पाइयो। कलर ब्लकिङको स्टाइल पनि यो पटक क्रेजकै रूपमा देखा पर्‍यो। 

वन् साइड फुलस्लिभ व अर्को साइड स्लिभलेस स्टाइलको ड्रेस यंगस्टर्समा खुबै पपुलर रहे। स्कुल गर्ल लुक पनि यो वर्ष हिट रह्यो। वन् सोल्डर डे्रस पनि लोकपि्रय नै देखियो। स्कुल स्टाइल ट्यूनिक युवतीहरूबीच चल्यो। गत वर्ष ह्यारम पाइन्टमा देखिएको युवकको क्रेज यसपटक पनि कायमै रह्यो। जूएव व ह्यारम पाइन्टलाई मिक्स गरी नयाँ स्टाइल अँगाल्ने पनि उत्तिकै देखिए। जोधपुरी स्टाइलको क्रेज पनि उत्तिकै रह्यो। यसबाहेक हाई वेस्टेड ट्राउजरले पनि युवतीहरूको वार्डरोबमा स्थान बनायो। पलाजो पाइन्टको पपुलारिटी पनि बढेको पाइयो। वूल निटेड पाइन्टलाई आफ्नो स्टाइल स्टेट्मेन्ट बनाउनेहरू पनि उक्तिकै देखिए। ब्यागी पाइन्ट पनि यो वर्ष हट रह्यो। 

हाई वेस्ट पाइन्टको स्टाइल स्टेट्मेन्ट पनि लोकपि्रय भयो। नर्मल वेस्टकोटको ठाउँमा यो पटक हल्टर स्टाइलको आउटर प्रचलनमा रह्यो। क्रोसियाबाट बनेका डे्रसेज पनि आउटरका रूपमा निकै चलनचल्तीमा देखियो। स्लिब्समा नयाँ एक्सपेरिमेन्ट पनि उत्तिकै देखियो। विशप स्टाइल र ब्याट विङ स्लिभ्सको आकर्षण देख्न पाइयो। वर्ष २०६९ को स्टाइल संसारमा टेलर्ड कट्स इन रह्यो। लुज फिटिङ र चिक स्टाइल पनि उत्तिकै चल्यो। आउटफिट्समा प्लिट्स, फोल्डस्, मोर्डन ड्रेपिङ, लेयरिङ र ग्यादरिङ टच पनि देखापर्‍यो। लेस फेसनको पुनरागमन भयो। यो सीजनमा यसको प्रयोग मात्र इभिनिङ वेयर व लिंगरीमा नभई ड्रेस, स्कर्ट, ट्युनिक, फुटवेयर एवं हृयान्ड ब्यागसमेतमा देखियो। 

पि|mल्स, रफल्सको प्रयोग पनि यो वर्ष खुबै भयो। स्लिभ्स, नेक र बस्टलाइनमा पि|mल्स र रफल्सको हिन्ट देख्न पाइयो। ७० को दशकताकाको रेक्ट्रो लुक्स पनि स्टाइल संसारमा हिट रह्यो। वन पिस जम्प सुट्स तथा प्ले सुट्स पनि यो वर्ष निकै प्रचलनमा रह्े। नीलेन्थ ड्रेस र स्कर्टको प्रचलन कायमै रह्यो। कम्फर्टेबल लुकमा फ्लोइङ पाइजामाको प्रयोग बढ्यो। केप्री र कार्गोजले समर फेसनलाई अघि बढायो भने विन्टर वेयरमा ज्याकेट नै मुख्य रह्यो। जसमा वुमेन फेसनमा चिक, फेमिनन् र ओरिजिनल स्टाइलका ज्याकेटहरू बढी लोकपि्रय रहे। जसअन्तर्गत सर्ट तथा मिडियम लेन्थदेखि फिटेड स्टाइलका स्टे्रट एवं स्पोर्टी मोडलका ज्याकेटहरू प्रचलनमा देखिए। 

एलिगेन्ट र रोमान्टिक सिलहुट्स संरचना गर्ने सर्ट स्लिभ तर लामो लेन्थको ज्याकेटले महिलाहरूलाई बढी आकषिर्त गर्‍यो। फर ज्याकेटहरू पनि उत्तिकै लोकपि्रय रहे। फरबाट बनेका ठूल्ठूला स्ट्रक्चरल डिटेल भएका ज्याकेटहरू पनि लोकपि्रय फेसन ट्रेन्डका रूपमा देखिए। क्विल्टेड वा स्मूथ फ्याबि्रकबाट बनेका पातला र बाक्ला डाउन प्याडेड कोट पनि जाडोको लोकपि्रय आइटम बन्यो। पुरुषहरूको ज्याकेटमा भने पार्काज, स्पोर्ट्स, स्टे्रट डबल वि्रस्टेड र सिंगल बि्रस्टेड मोडलको आकर्षण पाइयो। ट्रेन्डी लुकमा भने वेस्ट लेन्थ वा वेस्ट लेन्थ भन्दा थोरै तलसम्मको लेन्थको ज्याकेटले धूम मच्चायो। फ्लफी ज्याकेटको माग बढी पाइयो। फर, लेदर र जिन्सदेखि सुड, जर्सीजस्ता टेक्सचर्ड मटेरियल प्रयोग भएका ज्याकेटहरू पनि लाकेपि्रय रहे। फर कोलर तथा हुड टि्रम्ड विथ फर फेसनमा रह्यो। 

लेडिज र जेन्स दुवैको ज्याकेट शैली भने खास गरी मिलेटरी स्टाइलबाट प्रभावित र प्रेरित रहेको देखियो। एक्सेसरीजतर्फ वाइड बि्रम सन ह्याटदेखि फेडोरा ह्याट, मक्करेल ह्याटसम्मको प्रयोग उत्तिकै भयो। स्टोल्सको फेसन पनि लोकपि्रय रह्यो। सिम्पल बोरिङ लेदर ब्यागको ठाउँमा ब्राइट कलर्सले प्राथमिकता पायो। सिंगल कलर्ड ड्रेस वा शोर्ट्ससँग मल्टी कलर्ड पि्रन्टेड स्टकिङको कम्बीनेसन पनि निकै हिट रह्यो। सनग्लालेसको प|mेम्समा ब्राइट कलर्स रुचाइएको पाइयो। यहाँसम्म कि फरक कन्ट्रास्ट कलर्सको प|mेम पनि प्रचलनमा आयो। कलरफुल टिन्टेड सन ग्लासेसले नयाँ स्टाइल स्टेट्मेन्ट सिर्जना गर्‍यो। 

नयाँ शेप्स, ब्राइट प|mेम्स र कलरफुल सेड्स स्मार्ट पर्सनालिटिको अभिन्न हिस्सा बन्न पुग्यो। फुटवेयरतर्फ पनि नयाँ ट्रेन्ड्स देख्न पाइयो। कलर ब्लकिङ, ट्रान्सपरेन्ट हिल्स, केन्डी कलर्स र क्रिस्टल एम्बेलिस्ड हिल्सले फेसन संसार ततायो। यसैगरी फुटवेयरतर्फ नै सेभेन्टिजको स्यान्डल्स, एङकल कफ स्यान्डल्स, बेले फ्लेट्स, फ्ल्याट स्यान्डल्स, ब्लक हिल्स, क्रस स्ट्रेप्स, सर्ट बुट्स, ओपन टो, लेसअप स्यान्डल्स, वेस्टर्न बुट्स, टेनिस शू यो वर्ष ट्रेन्डमा देखिए। 

हेयर एक्सेसरिजमा भने फ्याबि्रकबाट बनेका फ्लोरल प्याटर्नको क्लिप युवतीहरूबीच लोकपि्रय रहे। फ्याबि्रक हेडब्यान्ड पनि उत्तिकै प्रयोगमा आयो। एक्सेसरिजतर्फ नै मेटल, वुड र प्लास्टिकका फंकी ब्याङगल्सको ट्रेन्ड पनि हट रह्यो। पोल्का डट्स, विभिन्न पि्रन्ट युक्त कलरफुल स्कार्फको क्रेज पनि देख्न पाइयो। ब्याग्सतर्फ ब्याक पेक्स्, मेटल प|mेम्ड, मिनी पर्स, ओवर साइज्ड कोइन पर्सेज, क्लचेज, रोल्ड क्लचेज, क्रसबडी स्लिङग्स, स्क्वायर बडी ब्याग फेसनमा रह्यो।(साप्ताहिक)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com